सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोरियाको सहयोगमा सञ्चालित अस्पतालमा आइसियु सेवा सुरु

शुक्रबार, ०८ माघ २०७२, १० : ४१
शुक्रबार, ०८ माघ २०७२

भक्तपुर - मध्यपुरथिमि नगरपालिकाको सहयोगमा सञ्चालित मध्यपुरथिमि नगरपालिका वडा नं ११ स्थित कोरिया–नेपाल मैत्री अस्पतालले सर्जिकल सघन उपचार कक्ष ९आइसियु० सञ्चालनमा ल्याएको छ ।

आइसियु कक्षको बिहीबार रोज क्लब अफ कोरियाका महासचिव डा पार्क च्यूल सुङ र मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा डा पार्कले यहाँका गरिब तथा विपन्न वर्गका नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आइसियु राख्न सहयोग पु¥याएको बताउँदै आगामी दिनमा थप सहयोग प्रदान गर्ने बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले ५० श्यामा सञ्चालित यस अस्पताललाई नगरपालिकाले वार्षिक बजेट विनियोजन गर्दै आएको बताउँदै यसवर्ष पनि नगरपालिकाले अस्पताललाई रु २८ लाख अनुदान र रु २५ लाख ऋण उपलब्ध गराएको बताए ।

अस्पतालका कामु कार्यकारी निर्देशक डा डिके रौसनले यहाँका बासिन्दाले उपचार नपाएर भौँतारिँदै महँगा र टाढाको अस्पतालमा जानुपर्ने अवस्था अब नभएको बताए ।

भक्तपुर जिल्लामै सामुदायिकस्तरमा पहिलोपटक सञ्चालित यस अस्पतालले सञ्चालनमा ल्याएको आइसियु र पोष्ट अप सेवाले गरिब बिरामीको शल्यक्रियापछि अब अन्य अस्पतालमा पठाउनुपर्र्ने अवस्था नभएको उनले बताए ।

अस्पतालले सर्जरी, अर्थोपेडिक जनरल, प्रसूति, प्रसूति सिएस, जनरल मेडिसिन, छाती रोग, मधुमेह, थाइराइड, हाडजोर्नी, छारे रोग, नाक, कान, घाँटी, आँखा, पेटलगायत विभिन्न रोगको उपचार एवम् सर्जरी सेवा दिँदै आएको छ ।

अस्पतालले यसवर्ष मात्रै ३२ हजार बिरामीलाई सेवा दिएको र त्यसमध्ये अधिकांश गरिब तथा आर्थिक विपन्न भएका बिरामी रहेको बताइएको छ ।

नगरवासीलाई थप सेवा दिन अस्पतालले आगामी वर्षदेखि कोरिया नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्ससमेत स्थापना गर्ने भएको छ । यसका लागि नगर प्रमुख भूपेन्द्र सापकोटाको अध्यक्षतामा नौजनाको सञ्चालक समिति गठन गरेको अस्पतालले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप