सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पेट्रोल झिक्न खोज्दा मोटरसाइकलमा आगालागी

शुक्रबार, ०८ माघ २०७२, ११ : १३
शुक्रबार, ०८ माघ २०७२

दाङ – साथीलाई एक लिटर पेट्रोल दिँदा दाङमा मोटरसाइकल जलेर ध्वस्त भएको छ । गोबरडिया १ जुरौनीमा मोटरसाइकलबाट पेट्रोल झिकेर साथीलाई दिनेक्रममा आगलागी भएको हो । आगलागीमा लालमटिया–३ निबासी राजु केसीको एक सय ५० सिसीको होन्डा युनिकन मोटरसाइकल जलेर ध्वस्त भएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिएका छन् । चिसो छेल्न नजिकै बालेको आगोको लप्काले पेट्रोल टिपे पछि उक्त क्षेति भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप