सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘फन्को’मा किन दोहोरिए सौगात, आए दयाहाङ, प्रियंका र केकी ?

शुक्रबार, ०८ माघ २०७२, १२ : ४९
शुक्रबार, ०८ माघ २०७२

निर्देशक सुवर्ण थापा ‘सुनगाभा’ सिनेमाबाट चर्चामा आए, उनको सिनेमाले चर्चा पायो, अन्तराष्ट्रिय उपस्थितिको अवसर पनि प्राप्त गर्यो । तर व्यवसायमा भने सफल हुन सकेन । गत साता रिलिज भएको उनको दोस्रो सिनेमा ‘फन्को’ले भने बक्सअफिसमा जमिरहेको छ । सुनगाभामा दिया मास्के र निशा अधिकारीका साथ सौगात मल्ललाई लिएका सुवर्णले ‘फन्को’मा पहिलोपटक दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारीसँग काम गरेका छन् । यसअघि काम गरिसकेका सौगात मल्ललाई दोहो¥याएका छन् । सिनेमामा किन उनले लिए दयाहाङ, प्रियंका र केकी र दोहो¥याए सौगात ? निर्देशक सुवर्णले रातोपाटीकर्मी कला अनुरागीसँग केही कारण ‘शेयर’ गरेका छन् :

कुनै पनि काम गर्न आफूसँग सोच, ‘भाइभ’ र ‘वेबलेन्थ’ मिल्ने मान्छे हुनुपर्छ । ‘फन्को’मा मैले लिएका कलाकारसँग त्यो मिल्छ । कामका लागि यो धेरै नै महत्वपूर्ण कुरा हो । साथै मैले उनीहरूसँग काम गर्न खोजेँ, उनीहरूले पनि मसँग काम गर्न उत्सुकता देखाए । त्यसैगरी बजेट पनि मिल्यो । त्यसैले पनि समीकरण मिलेको हो ।

सौगात मल्ल उनीसँग मैले काम पनि गरें । त्यसमा मैले उनको कलाकारलाई राम्ररी चिन्ने मौका पाएँ । कलाकारको रूपमा मलाई उनी एकदमै मन पर्छ । उनी मलाई व्यक्तिको रूपमा पनि उत्तिकै मन पर्छ । कलाकारमा कलाकारिता त हुन्छ, हुनैपर्छ । त्यससँगै असल मान्छे पनि हुनुपर्छ । उनको कला क्षमता त अब्बल छ नै, उनी असल मान्छे पनि हुन् । त्यसैले उनलाई मैले यो सिनेमामा दोहो¥याएको हुँ । उनको असल मान्छे र कलाकार दुवै सिनेमा देखिएको छ ।

दयाहाङ राई दया नेपालको त्यस्तो सीमान्तकृत समुदायबाट आए, त्यसबाट नायकरूपी कलाकारको परिकल्पना नै गरिँदैनथ्यो । तर उनले त्यसलाई गलत सावितमात्रै गरेका छैनन्, पछिल्लो समय नेपाली सिनेमामा प्रभाव जमाएरै बसिरहेका छन् । मैले उनीसँग कहिल्यै काम गरेको थिइनँ । तर काम गर्न भने मन थियो । खासमा मैले ‘फन्को’को चरित्र छनोट गर्दा सौगातको स्थानमा दया या दयाको स्थानमा सौगात राख्न सकिन्छ भनेर पनि सोचेको थिएँ । पछि चरित्र विकास गर्दा अहिलेको भूमिका उपयुक्त देखियो ।

प्रियंका कार्की प्रियंका कार्की अहिले चर्चामा छिन् । उनको ‘ग्ल्यामर’ चर्चामा छ । उनलाई ‘ग्ल्यामरस’ रूपमा प्रस्तुत गर्न सकिन्छ । अर्कातिर साधारण चरित्रमा देखाउँदा पीडित पनि देखिन्छ । यसअघि नै ‘झोले’ सिनेमामा दया र प्रियंकाको केमेस्ट्री पनि मिलिसकेको थियो । त्यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । त्यसैले उनीहरूको ‘रिल’ जोडी यसमा दोहोर्याउन पनि प्रियंकालाई लिएको हुँ ।

केकी अधिकारी केकीसँग मैले पहिलेदेखि नै काम गर्न चाहिरहेको थिएँ । उनीले पनि काम गर्न खोजिरहेकी थिइन् । उनी ‘भर्सटायल’ छिन् । सानी छिन्, पक्का नेपाली देखिन्छिन् । मलाई केही पहिलेदेखि नै केकी र सौगातको जोडी जम्छ भन्ने लागिरहेको थियो । मैले ‘फन्को’को लागि उनीहरूको जोडी बनाउने निर्णय गरिसकेपछि नै उनीहरूले जोडी भएर ‘श्री ५ अम्बरे’मा खेले पनि । ‘फन्को’मा उनीहरूले जोडी पनि लोग्नेस्वास्नीकै भूमिकामा अभिनय गरेका छन् । तर उनीहरूको जोडी निकै जमेको छ । साँच्चै ‘बुढाबुढी’ हुन् कि झैं लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप