मलेसियाले बढायो बिदेशीको उपचार शुल्क
क्वालालम्पुर - मलेसियाले गैर नागरिकहरुको उपचार शुल्क बढाएको छ । यहि जनवरी १ गते देखि लागु हुने गरि उपचार शुल्क बृद्धि भएको हो । उपचार शुल्क ७० प्रतिशतले बृद्धि गर्ने स्वास्थ्यमन्त्री डाक्टर एस सुब्रमन्युमले यस अघिनै घोषणा गरेका थिए । निजि तथा सरकारी क्लिनिक् होस् वा अस्पताल अब बिदेशी नागरिकले सामान्य रोगको उपचारको लागी पनि महंगो शुल्क तिर्नु पर्ने छ ।
बिगत छ महिनाको अन्तरालमा उपचार शुल्क दुई पटक् बृद्धि भैसकेको छ । गत जुलाइ महिनादेखि यहाको सरकारले जि एस टि (GST) लागु गरे सगै उपचार शुल्क पनि बढेको थियो । नयाँ स्वास्थ्य नितीले मुख्यगरि न्युन ज्याला भएका कामदारमाथि धेरै असर पर्ने देखिएको छ । यस्को मुख्य् असर बिमाको दायरा अन्तर्गत् उपचार् नगर्ने , कम्पनिहरुले उपचार शु
मानव अधिकारबादी संस्था तेनागानीता तथा एक्सन रिसर्च अन एड्स एण्ड मोबिलीटी जस्ता सस्थाहरुले गैर नागरिकहरुको उपचार शुल्क बढाएको प्रति असहमती जनाएका छन । सरकारको यस नितीले स्वास्थ्य पहुँचमा गिरावट आउने र समस्या झनै चर्किने अधिकारबादी संस्था तेनागानीताले स्पष्ट पारेको छ । बिशेषगरी संक्रमित एवं उच्च जोखिममा रहेका बिदेशी बिरामी कामदार उपचार सेवाबाट बन्चित हुने तेनागानीताको तर्क छ । कामदारको उपचार स्वास्थ्य बिमाबाटै हुनु पर्ने एक्सन रिसर्चको भनाई छ । यदी कामदारहरुले सुलभ उपचार सेवा पाउन नसके त्यस्को असर राष्ट्रिय उत्पादनमा पर्ने दुबै संस्थाको तर्क छ ।
गत बर्षको जुलाइअघि यहांको सरकारी क्लिनिकबाट् बिदेशी कामदारले १५ आरएममा सम्पुुर्ण उपचार पाउंदै आएका थिए । जुलाइपछि १५ आरएमलाई बढाएर दर्ता शुल्क २३ आरएम लिन थालिएको हो । रगत् , दिशा , पिशाब् , एक्सरे परिक्षण,एबुलेन्स् लगाएत् सबैको अलग् अलग् शुल्क जुलाइ देखिनै लिन थालिएको हो । अहिले दर्ता शुल्क ४० आरएम देखि सुरु हुन्छ। सामांन्य् रगत् परिक्षणको ४० आरएम , डेंगिको लागि रगत् परिक्षण गर्दा १ सय ६० आरएम, लगाएत् हरेकको अलग् अलग् शुल्क तिर्नु पर्ने हुन्छ । यसै गरि यहाका सबै अस्पतालहरुले पनि नया बर्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण