सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

म्याच फ्याक्ट : नेपालविरुद्ध बहराइन – अन्डरडगको ट्याग तोड्ला नेपालले ?

शुक्रबार, ०८ माघ २०७२, १५ : ३०
शुक्रबार, ०८ माघ २०७२
नेपाल फिफा वरियता : १९६ कप्तान : विराज महर्जन प्रशिक्षक : बालगोपाल महर्जन बहराईन (यू २३ टोली ) फिफा वरियता : १२१ प्रशिक्षक : मर्जन इद (टचलाईन प्रतिबन्धमा ) सहायक प्रशिक्षक : अल नस्र पछिल्लो अन्तिम भेटमा नेपाल बहराइनको यु २३ टोली सँग ३–० ले पराजित भएको थियो । नेपालका प्रशिक्षक भन्छन्, बहराईन शारिरीक रुपमा बलियो छ । तर टेक्निकल्ली हामी बलियो छौँ ।

बहराईनका सहायक प्रशिक्षक भन्छन्, हाम्रा लागि फाइनल अफ्टेरोे छ । तर खेलाडीहरुले अवश्य जीत हासिल गर्नेछन् । काठमाडौँ – बंगबन्धु गोल्डकप फुटबलमा नेपालले आज ४ बजेर ४५ मिनेट जाँदा बहराईनको यू २३ टोलीसँग भिड्नेछ । साफ च्याम्पियनसिपमा समूह चरणबाटै पराजित भएर बाहिरिएपछि प्रतियोगितामा नेपालको छवि अन्डरडग्सको थियो । तर बंगलादेशमा नेपालले समूह चरणमा मलेसियाको फाल्डा युनाइटेडसँग बराबरी खेल्यो भने श्रीलंकालाई १ ० ले हरायो । श्रीलंका त्यही टिम हो जसले खेलको अन्त्यमा गोल गर्दै नेपाललाई साफ च्याम्पियनसिपबाट घरको बाटो देखाउन महत्वपूर्ण भूमिका खेलेको थियो । साफ च्याम्पियनसिपको बदला लिएपछि नेपाली टोलीले समूह चरणमा बंगलादेश विरुद्ध गोलरहित बराबरी खेल्यो । सेमिफाइनलमा देखायो टोलीले क्षमता सेमिफाइनलमा नेपालको प्रदर्शन जर्बजस्त रह्यो । लामो समयदेखी विपक्षी टोली विरुद्ध गर्न नसकेको गोलको खडेरी चिर्ने क्रममा नेपालले एकै खेलमा ४ गोल गर्यो, त्यो पनि दक्षिण एशियाकै बलियो प्रतिद्धन्द्धी माल्दिभ्स विरुद्ध । माल्दिभ्स विरुद्धको खेलमा ह्याटिक गर्दै चम्किएका नवयूग श्रेष्ठ, नेपालका युवा स्टाइकर विमल घर्ती मगर र माल्दिभ्स विरुद्ध नै एक गोल गर्ने विशाल राईले फाइनलमा स्वभाविक खेल देखाउन सके नेपालले प्रतियोगिताको उपाधी जित्ने संभावना बलियो हुनेछ । नेपाललाई प्रतियोगिताको फाइनलमा उपाधी दाबेदारका रुपमा हेरिएको छ । टोलीलाई उमेर समूहको नभनिएपनि नेपाली टोलीमा अधिकांश युवा खेलाडी छन् । राष्टिय टोलीबाट यसअघि नियमित रुपमा पहिलो रोजाईमा खेल्ने खेलाडी भनेकै दुई डिफेन्डर कप्तान विराज महर्जन र रविन श्रेष्ठ तथा विंगर जगजित श्रेष्ठ हुन् । त्यसबाहेक बाँकी सबै खेलाडी युवा छन् । विशाल राई र विक्रम लामाले लामो समयअघि राष्टिय टोलीमा डेब्यु गरेपनि पर्याप्त खेल्ने मौका पाएका थिएनन् । त्यस्तै, अनिल गुरुंग र जुमानु राई टोलीमा छदाँ विमल घर्तीमगरको प्रयोग वैकल्पिक खेलाडीका रुपमा हुने गरेको थियो । सफल होलान् बालगोपाल महर्जन ? साफ च्याम्पियनसिपमा नेपालको असफलतापछि प्रमुख प्रशिक्षकका रुपमा टोली सम्हाल्ने मौका पाएका बालगोपाल महर्जन छोटो समयमै नेपाललाई उपाधी दिलाउने संघारमा छन् । यसअघि उनले नेपालको यू १९ टिमलाई साफ च्याम्पियनसिप जिताएका थिए । नेपाली प्रशिक्षक बालगोपाल महर्जनले खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै फाइनलपछि नतिजाले नेपाली फुटबलको भाग्यरेखा परिवर्तन गर्ने क्षमता राख्ने बताएका छन् । अध्यक्ष गणेश थापा भ्रस्टाचार काण्डमा मुछिनु र टोलीका पूर्व कप्तान सागर थापा सहितका ५ खेलाडी म्याचफिक्सिंगको प्रकरणमा मुछिएपछि पहिलो पटक नेपाली फुुटबलले मैदानमा एकपछि अर्को जीत दर्ता गरेको छ । महर्जन भन्छन्, हामीले १७ वर्षपछि पहिला पटक अन्तर्राष्टिय प्रतियोगितामा फाइनलमा स्थान बनाएका छौँ । यो ठूलो उपलब्धि हो । फाइनल जित्न सके फुटबललाई हेर्ने सरकारी दृष्टीकोण अवश्य परिवर्तित हुनेछ । हामी सफलता हासिल गर्न सके फ्यानहरुले समेत नेपाली फुटबलको संकटग्रस्त विगत बिर्सनेछन् । विपक्षीका सम्बन्धमा प्रतिक्रिया दिदैँ महर्जनले बहराइनको टोली नेपालभन्दा शारिरीक रुपमा उत्कृष्ट रहेको बताएका छन् । उनीहरुको आपसी तालमेल समेत राम्रो रहेको महर्जनको बुझाई छ । तर नेपाल विपक्षीभन्दा टेक्निकल्ली बलियो रहेको महर्जन बताउँछन् । बहराईन यू २३ मा जस्मिन अलसेख, रुबेल मिया, अब्दूल अजिज, इब्राहिम अलहोटी र अन्वर अली प्रमुख खेलाडी मानिन्छन् । बहराईनका सहायक प्रशिक्षक अल नस्रले फाइनल खेल आफ्नो टोलीका लागि कठीन हुने बताएका छन् । तर उनले प्रतियोगिताका दौरान खेलाडीहरुको खेल निकै सुध्रिएको बताएका छन् । नेपाललाई बधाई र तारिफ उपाधी जित्नु अगावै नेपाली टोलीले सवत्र बधाई र तारिफ पाइरहेको छ । राष्टिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विस्टले नेपाली टोलीले उपाधी जित्न सके खेलाडीहरुलाई जनही नगद २ लाख रुपैयाँले सम्मान गर्ने घोषणा गरिसकेका छन् । राष्टिय टोलीका पूर्व खेलाडी समेत रहेका उपप्रधान तथा परराष्ट मन्त्री कमल थापाले नेपाली टोलीलाई जीतका लागि शुभकामना दिएका छन् । त्यस्तै पूर्व कप्तान हरि खड्काले आफ्नो फेसबुक पेजमार्फत टोलीलाई सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री कपपछि अर्को आमन्त्रण उपाधि नेपालले यसअघि घरेलु मैदानमा २०६५ सालमा प्रधानमन्त्री कप फुटबल जितेको थियो । यद्यपी, त्यतिबेला नेपालको राष्टिय टोली नभएर नेपाल रातोले त्यो उपाधी जितेको थियो । आयोजक नेपालले उक्त आमन्त्रण प्रतियोगितामा निलो र रातो गरी दुई टोली उतारेको थियो । नेपालले १७ वर्षअघि दक्षिण एशियाली प्रतियोगिताअन्तर्गत फुटबलको फाइनलमा स्थान बनाएको थियो । तर, फाइनलमा बंगलादेशसँग पराजित भएपछि घरेलु टोली नेपाल रजतमै खुम्चियो । नेपालले सन् १९८४ र सन् १९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलतर्फ स्वर्ण जितेको इतिहास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप