सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एकसाताभित्र पेट्रोल र डिजल सहज : निगम प्रवक्ता

शुक्रबार, ०८ माघ २०७२, १५ : ३९
शुक्रबार, ०८ माघ २०७२

काठमाडौ – नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले आगामि एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले देश भरीका आयाल निगमका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिदै त्यहाँबाट आएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गर्ने बताए । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्रवक्ता घिमिरेले भने,‘ बाहिरका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेका छौ । विराटनगरबाट तेल हिडिपनि सकेको छ । तीन लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजल सबै पम्पबाट केही दिनमै वितरण गर्छौ । आगामि सातादेखि सहज हुन्छ ।’ उनले भारतीय आयल निगमले तत्काल ग्यासको लोडिङ्ग बढाउन नसक्ने जवाफ दिएकोले तत्काल ग्यास सहज नहुने भन्दै नयाँ निर्णय नहुन्जेलसम्म ७ दशमलब १ किलोकै सिलिण्डर वितरण गरिने जानकारी दिए । घिमिरेले भने,‘ दिनको ५५ बुलेट ग्यास आवश्यक पर्नेमा अहिले १५ बुलेट भन्दा बढी लोड दिएको छैन । त्यो भन्दा बढी दिन नसक्ने आईओसीले तउँदै आएको छ । त्यसैले ग्यास वितरणमा तत्काल सुधार आउँदैन ।’ उनले ग्यास ब्यवसायीहरुले पुरा सिलिण्डर विक्री गर्न लागेको भन्ने जिज्ञासामा तत्काल आयात नबढेको र ७ दशमलब १ किलोको सिलिण्डर वितरण नगर्ने निर्णय नभईसकेकोले तत्काल १४ दशमलब २ किलोको सिलिण्डर विक्री नहुने स्पष्ट पारे । पेट्रोलियम पदार्थको मूल्य समायोजन सम्बन्धमा घिमिरेले डलरको मुल्य बढेको, भारतीय आयल निगमले दिएको पछिल्लो मुल्य र सीमा क्षेत्रको मूल्यको आधारमा मुल्य घटाईएको भन्दै अहिले पनि भारतीय सीमा क्षेत्रको मूल्य भन्दा नेपालमै सस्तो भएको तर्क गरे । बाहिर समाचारमा आए जस्तो निगमले कर्मचारीलाई वितरण नगर्ने स्पष्ट पार्दै उनले भने, ‘निगमको बोनस नियमावली अनुसार ब्यालेन्स सिट बनाउन बोनस राखिएको हो । बोनसको रकम नराखे ब्यालेन्स सिट विग्रन्छ । यसअघि नै निगमको सञ्चालक समितिले सञ्चित रहेको १२ अर्ब ६४ करोड ऋण भुक्तानी नहुन्जेल बोनस नबाढ्ने निर्णय गरेकोले अहिले पनि बोनस बाढ्दैनौ ।’ घिमिरले मन्त्री स्तरीय निर्णयबाट एक पटकको लागि वितरण गर्न अनुमाति दिनु भनेकोले विराट आयलले आयात गरेको पेट्रोलियम पदार्थ केही पेट्रोल पम्पबाट वितरण गर्न अनुमति दिएको समेत स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप