सिड्नीमा नेपाली महिला भलिबल हुने
काठमाडौं– अष्ट्रेलियाको सिड्नीमा नेपाली महिला भलिबल हुने भएको छ । नेपमार्टको आयोजनामा हुने महिला भलिबल फेव्रुवरी २८ तारिखमा संचालन हुनेछ । नेपाली पोेशाकको ब्यावसायी गर्दै आएकी नेपाली महिला नेन्सी पुनको सक्रियतामा हुन लागेको भलिबलमा नेपालमा राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडिहरुको समेत सहभागिता रहने छ ।
एक दिने प्रतियोगितामा ४ टिमको सहभागिता रहने रेफ्री संयोजक खेम पुर्जाले जानकारी दिए ।
सिड्नीको पिसी वाइसी म्यारिकभिल खेल मैदानमा हुने प्रतियोगितामा जलजला परिवार,म्याग्दी सेवा समिति,पोखरा समाज र छन्त्याल परिवार रहेका छन् ।
राउण्ड रबिनका आधारमा संचालन हुन प्रतियोगिताका दुई उत्कृष्ट टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका बिजेताले ८ सय डलर र उपबिजेताले ५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडिले १ सय डलर प्राप्त गर्ने रेफ्रि संयोजक पुर्जाले सिड्नीबाट जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण