बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाली काँग्रेस सप्तरीको सभापतिमा देउवा पक्षधर यादव निर्वाचित

मङ्गलबार, ११ फागुन २०७२, १२ : १२
मङ्गलबार, ११ फागुन २०७२

राजविराज– नेपाली काँग्रेस सप्तरीको सभापतिमा दिनेश कुमार यादवले निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा देउवा पक्षधर यादव १०४ मतको अन्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका रामदेव साहले ५ सय ७ मत पाए थिए भने यादवले ६ यस ११ मत पाए ।

त्यसै गरी सचिव पदमा संस्थापन पक्षका रामकुमार यादव निर्वा्चित भएका छन् । आफ्ना निकटतम प्रतिद्दन्दी देउवा पक्षका उम्मेदबार राधाकान्त देवलाई १४ मत अन्तरले पराजित गर्दै यादव सचिवमा निर्वाचित भए । देवले ५ सय ४९ मत पाउँदा यादवले ५ सय ६३ मत पाएका थिए ।

यसै विच कोषाध्यक्षमा पनि संस्थापन पक्षका उम्मेदबार शिबनारायण चौधरी निर्वा्चित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्दन्दी दिनेश चौधरीलाई ३५ मत अन्तरले पराजित गर्दै निर्वाचित भए । शिबनारायणले ५ सय ७२ मत पाउँदा उनका निकटतम प्रतिद्दन्दी दिनेश चौधरीले ५ सय ३७ मत पाएका थिए ।

सदस्यहरुमा देउवा पक्षको वर्चस्व भएको छ । देउवा पक्षकै बढी व्यक्ति सदस्य पदमा निर्वा्चित भएका छन् । काँग्रेसको सोमबार सम्पन्न निर्वाचनमा कुल ११ सय ८२ मतदाता रहेकोमा ११ सय ६२ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप