मुकेश काफ्लेविरुद्ध आफ्नै कर्मचारीद्वारा अख्तियारमा उजुरी, अख्तियारमाथिनै प्रश्न
काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेविरुद्ध विद्युत प्राधिकरणकै कर्मचारीले अख्तियारमा उजुरी दिएका छन् । समुन्द्रटार–त्रिशुली ३ बी १३२ केभी प्रसारण लाइनको कम्पनी छनौटमा अनियमतिता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी गरिएको हो । एडिबी र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानीमा निर्माण हुन लागेको उक्त प्रशारण लाईन काफ्लेले आफ्नै साथीको कम्पनी मुडवरी एण्ड जोशी जेभीलाईसमुन्द्रटार–त्रिशुली ३ बी १३२ केभी प्रसारण लाइनको ठेक्का दिन लागेको बताइन्छ । विद्युत प्राधिकरणका विभिन्न कामको ठेक्का लिएर समयमा काम पूरा गर्न नसकि करोडौँको घाटा पु¥याएको मुडवरीलाई ठेक्का दिन लागेको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरी किन ?
गतवर्ष मार्च १५ मा आह्वान गरिएको टेण्डरमा ५ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । डवल ईन्भलप प्रणालीको ठेक्का प्रकृयामा मूल्याङ्कन समितिले प्राविधिक प्रस्तावको मूल्यांकन गरी चीनको ‘ईटर्न सिसिईई चाईना जेभी’ र स्पेनको ‘कोब्रा’ कम्पनीलाई योग्य ठहर्याइएको थियो । डवल ईन्भलप प्रणालीमा एउटामा प्राविधिक प्रस्ताव र अर्कोमा आर्थिक गरी दुई प्रस्ताव हुन्छन् । प्राविधिक प्रस्ताव योग्य ठहरिएमा बल्ल आर्थिक प्रस्ताव खोल्ने गरिन्छ । स्पेनको कोब्रा संसारकै उत्कृष्ट कम्पनी हो । तर, बोर्डले कार्यकारी निर्देशकलाई नै जिम्मा दिएको अवस्थामा तुरुन्त प्रस्ताव स्वीकृत गर्नुपर्नेमा काफ्लेले सिनोहाईड्रो चाइना जेभी मुडभरी एण्ड जोसीलाई पनि योग्यता क्रममा राख्न भनेर सिफारिस गरेका थिए । ‘यसमा करोडौँ रुपैयाँको चलखेल हुने सम्भवना छ’, प्राधिकरण स्रोतले रातोपाटीसँग भन्यो । मुडवरी एण्ड जोशी कम्पनीमाथि विगतमा प्राधिकरणका धेरै ठेक्का समयमै सम्पन्न गर्न नसकेर प्राधिकरणलाई घाटा लगाएको कम्पनीका रुपमा परिचित छ । ‘सवस्टेशन र ट्रान्समिसन लाईनका धेरै ठेक्का लिने, समय बढाउने र काम नगरेर करोडौँ घाटा लगाउने कम्पनी हो यो’, स्रोतले भन्यो, ‘यसपटकको ठेक्कामा पनि प्राविधि मुल्यांकनको क्रममा फालिएको उक्त कम्पनीलाई ठेक्का दिन काफ्लेले माहोल बनाइरहेका छन् ।’
कर्मचारीहरुले यस सम्बन्धमा लगानीकर्ता यूरोपियन ईन्भेष्टमेण्ट बैंकमा पनि उजुरी गरी सकेको जनाएका छन् । ‘उक्त बैंकले यस विषयमा गम्भिर अनुसन्धान गर्ने र सत्यतथ्य पत्ता लगाई कार्वाही प्रकृया अगाडी बढाउने आश्वासन दिलाएको छ’ प्राधिकरणका एक कर्मचारीले भने ।
अख्तियारमाथि प्रश्न प्राधिकरणका कर्मचारीहरुले यसअघि पुस २१ गते सिमेत अख्तियारमा उजुरी हालेको भएपनि अख्तियारले यति ठूलो भ्रष्टाचारमा समेत कार्वाही नगरेको भन्दै प्रश्न उठाएका छन् । ‘राष्ट्रहित विपरीतको यति ठूलो भ्रष्टाचारमा पनि अख्तियार मौन बस्नु भनेको आखिरीमा यस आयोगको पनि मिलेमतो भएको हामीले ठानेका छौँ’, उजुरीमा भनिएको छ ‘आयोगले आफ्नो दायीत्व किन भुलेको ?’ भ्रष्टाचारको निवारण गर्ने निकाय नै भ्रष्टाचारीलाई साथ दिएको भन्दै कर्मचारीहरुले देशमा यति ठूलो भ्रष्टाचार हुँदा आफूहरु चूप लागेर बाध्य भएको बताएका छन् । योजना नै नबनाउने खेल गतवर्ष मार्च १५ देखि ठेक्का प्रकृया शुरु भएको उक्त परीयोजना यसै पनि ढिला भएको छ । तरपनि राम्रै कम्पनीलाई छनौट गरेर छिटो कार्यान्वयन प्रकृयालाई अगाडी बढाउने योजना रहेकोमा काफ्लेले भाँजो हालेर ढिला गर्न लागेको प्राधिकरणको भनाई छ । ‘उक्त परियोजनाका लागि मूल्यांकन प्रकृया नै ढिला भएका कारण लागत इष्टिमेट बढ्ने ठूलो सम्भावना देखिएको छ’ प्राधिकरणका एक अधिकारीले भने, ‘फेरि टुंगीसकेको प्रकृयालाई पुर्नमूल्यांकन गर्न भनेर दवाव दिएर झन् आर्थिक भार पार्न खोजिँदै छ ।’ नेपाल विद्युत प्राधिकरणका अनुसार, २०६२ सालमा २० किलोमिटरको वीरगञ्ज कोरिडोर बनेपछि अर्को प्रशारण लाइन निर्माण भएको छैन । निर्माणाधीन अवस्थामा धेरै आयोजना अलपत्र अवस्थामा छन् । ५ वर्षअघि सम्पन्न भइसक्नुपर्ने २२० केभीको ७५ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रशारण लाइन अझै निर्माण पुरा हुन सकेको छैन । १७ वर्ष अघि सुरु भएको १३२ केभीको थानकोट–चापागाउँ–भक्तपुर प्रशारण लाइन अझै बनेको छैन । एक बर्ष अघि पुरा हुनुपर्ने सिंगटी–लामोसाँघु, डुम्रे–दमौली, काबेली कोरिडोर, हेटौडा–कुलेखानी स्यूचाटार अझै पुरा भएको छैन । ७५ किलोमिटर लामो २२० केभीको हेटौडा–भरतपुर सन् २०१२ तथा ७५ किलोमिटरकै भरतपुर–वर्दघाट सन् २०१३ मा सम्पन्न भइसक्नुपर्ने भएपनि अझै पुरा भएको छैन । मुडवरी काफ्लेको साथी, सुजाता सिफारीस स्रोतका अनुसार मुडवरीलाई राख्न काँग्रेस नेतृ सुजाताले सिफारीस गरेकी हुन् । सुजता कोइरालाले उक्त कम्पनीलाई राख्न सिफारिस गरेको र काफ्लेको आफ्नै साथी पनि भएकोले मुडवरीलाई जसरी पनि ठेक्का दिनुपर्ने उनीहरुले योजना बनाएका हुन् । ‘काफ्लले पहिला आफ्नै साथी भनेर दवाव दिएका थिए, पछि सुजाता कोईरालाको समेत दवाव आएपछि त जोड बल पुग्यो होला नि ’ स्रोतले भन्यो ‘त्यही दवावका कारण यस्तो अवस्था आएको भन्ने छ ।’ काफ्लेले मुल्याङ्कनकै समयमा काफ्लेले आफ्नो साथीको मुडवरी एण्ड जोसीलाई जसरी पनि प्राविधिकप्रस्तावमा योग्य ठहराउन दवाव दिएका थिए । तर मूल्यांकन समितिले उनको दवाव नमानेपछि काफ्लेले मूल्यांकन समितिलाई दवाव दिई अयोग्य कम्पनीलाई ठेक्का दिन पुनर्मूल्यांकन गर्नका लागि पत्राचार गरेका थिए । उक्त कुरा रातोपाटीमार्फत सार्वजनिक भएपछि मूल्यांकन समितिले पेश गरीसकेको प्रतिवेदन लुकाएर अयोग्य ठहरीएको कम्पनीको नाम समेत सिफारीस गरेर पठाएको स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण