हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्र बनेको मदार बाबा मेलाको तयारी पुरा
परासी– मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बाबा मेलाको तयारी पुरा भएको बताइएको छ । वर्षाैं देखि नवलपरासीको कुडिया र रुपौलिया गाविसमा लाग्दै आएको मदार बाबाको मेलाको उचित व्यवस्थापन तथा तयारी पुरा कुतबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताए । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता चल्ने छ । मदारबाबाको मुख्य स्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको पहाडी डाँडाँमा रही आएको छ । मदार शाह बाबाले सो ठाउँमा ४० दिन तपस्या गरेपछि सो ठाउँ पवित्र र सृद्धि प्राप्त ठाउँले परिचत भएको छ । उक्ता डाँडाँमा मदारबाबाको मजार रहेको हुँदा सो ठाउँमा मनोकमना लिएर पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने विश्वास रही आएको छ । धार्मिक एवं ऐतिहासिक पुरातत्वीक रुपले चिनिने नेपाल भरिमा एउटा मात्र मुस्लिम तथा हिन्दु समुदायको आस्था एवं विस्वासको केन्द्र बनेको मदार बांबां धार्मिक स्थलमा यस बर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले मदारबाबाको मजार पुगी मानिएको मनोकामना पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र विस्वास रहेको छ । मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी देश भारतको उत्तर प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको पाइएको छ । मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय, बाटोघाटो, शान्ती सुरक्षा, एवं स्वयम्सेवक परिचालन, सरसफाई, अतिथी सत्कार सहित सबै तयारी पुरा भईसकेको आयोजकले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण