बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सलमानलाई ज्यान मार्ने धम्की

मङ्गलबार, ११ फागुन २०७२, १३ : १४
मङ्गलबार, ११ फागुन २०७२

salmanमुम्बाई – एक अज्ञात व्यक्तिले सलमान खानलाई ज्यान मार्ने धम्की दिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान पनि शुरु गरेको छ । यद्यपि, यस विषयमा प्रहरीमा कुनै उजुरी भने दर्ता गरिएको छैन । स्रोतका अनुसार गत फेब्रुअरी १६ का दिन मुम्बाई प्रहरीको कन्ट्रोल रुपमा एक व्यक्तिले फोन गरेर सलमानलाई आफूले मार्न लागेको बताएका थिए । ती व्यक्तिले आफ्नो बारे केही परिचय नखुलाई तुरुन्तै फोन राखेका थिए । फोन उठाउने प्रहरीले यस विषयमा आफ्नो सिनियर प्रहरी अधिकृतलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरीले यस विषयमा अनुसन्धान शुरु गरेको थियो । प्रहरीका अनुसार फोन गरेको स्थान पत्ता लगाइसकेको र थप खोजतलास भइरहेको छ । प्रहरीका अनुसार कसैले जिस्केर यो फोन गरेको पनि हुनसक्छ । तर, सलमानजस्तो चर्चित व्यक्तित्वसँग यो कुरा जोडिएपछि प्रहरीले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप