बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

२८ वर्षदेखि फरार दुईजना पक्राउ

मङ्गलबार, ११ फागुन २०७२, १३ : २९
मङ्गलबार, ११ फागुन २०७२
लहान - लागू औषध कारोबार मुद्दामा अदालतबाट कैद सजाय पाएर २८ वर्षदेखि फरार रहेका दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा चरेश मुद्दामा सिरहा अदालतबाट दुई वर्ष एघार महिना चौध दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका सिरहाको दुर्गापुर गाविस–६ निवासी ४५ वर्षीय जोगिया दास र सोही मुद्दामा चार महिना कैद सजाय पाएर फरार रहेका सिरहाको असनपुर–३ निवासी ५३ वर्षीय रामदयाल महतोलाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरीवाना सजाय भई फरार रहेका अभियुक्तको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले दुबै जनालाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । लागूऔषध गाँजाचरेश मुद्दामा सिरहा अदालतले दासलाई २०४४ मङ्सिर २२ गते दुई वर्ष एघार महिना चौध दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो भने महतोलाई २०४५ चैत्र १ गते चार महिनाको कैद सजाय तोकेको थियो । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप