शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सेवा विस्तार गर्दै ट्राभल क्षेत्रमा बराह ज्वेलर्स

बुधबार, ०३ चैत २०७२, १३ : ५६
बुधबार, ०३ चैत २०७२
काठमाडौं – नेपालको चर्चित ज्वेलरी बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लिले आफ्नो सेवा विस्तार गर्दै ट्राभल एजेन्सी पनि सन्चालनमा ल्याएको छ । कम्पनीले ईन्द्र बराह ट्राभल्स एण्ड टुर्समार्फत सेवा सुरु गरेको हो हो । बराहले प्रा।लिका संस्थापक अध्यक्ष स्व.ईन्द्र लामिछानेको सम्मानमा उहाँकै नामबाट ट्राभल एजेन्सी सन्चालनमा ल्याएको बताएको छ । काठमाण्डौको न्युरोडमा रहेको बराहको आफ्नै भवनमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै वाणिज्य विभागका महानिर्देशक शम्भु कोईरालाले कम्पनीलाई शुभकामना दिनुको थिए । २१ बर्ष अघि स्थापना भएको बराह ज्वेलरीले पछिल्लो समय आफ्नो क्षेत्र फराकिलो बनाउँदै लगेको ईन्डट्रिजका अध्यक्ष शिव कुमार लामिछानेले बताए । धरानबाट सुरु भएको बराह ज्वेलरी ईन्डष्ट्रिजका शाखाहरु काठमाण्डौ ,पोखरा हङकङ र युकेसम्म रहेका छन् । कम्पनीले दुई बर्ष अघि देखि अनौपचारीक रुपमा चार वटा बस सन्चालनमा ल्याए पनि ट्राभल एजेन्सीले हाल औपचारीक रुपमा ६ वटा बस सञ्चालनमा ल्याएको छ । धरानबाट काठमाण्डौ आवत जावत गर्ने बसमा वाईफाईको सुबिधा पनि उपलब्ध छ । बराहले अब छिट्टै रेमिट्यान्सको सेवा पनि  सुरु गर्न लागेको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप