शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भूकम्प प्रभावित विद्यालय तीनवर्ष भित्र निर्माण गरिसक्ने सरकारको लक्ष्य

बुधबार, ०३ चैत २०७२, १४ : ०५
बुधबार, ०३ चैत २०७२

पोखरा –शिक्षा मन्त्री एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गिरीराजमणि पोखरेलले भूकम्प प्रभावित विद्यालयहरु तीन वर्ष भित्रमा पुन निर्माण गरिसक्ने वताएका छन् । क्रान्तिकारी पत्रकार संघ नेपाल कास्कीद्धारा वुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै मन्त्री पोखरेलले सो कुरा वताएका हुन् । उनले भत्केका विद्यालय निर्माण नभएसम्म विद्यार्थीको पठन पाठनमा समस्या भएको वताउँदै विद्यालय वनिसकेपछि पठन पाठनको स्तर वृद्धि हुने वताए । उनले त्यसकोलागि केन्द्रमा पीआईयु र जिल्लामा डीआईयु गठन गर्ने तयारी पनि मन्त्रालयले गरेको जानकारी दिएका छन् । गत वैशाख १२ गतेको भूकम्पले देशका ९ हजार सामुदायिक विद्यालय भत्केको वताउँदै उनले तत्काल ती विद्यालय पुननिर्माणमा मन्त्रालय लागेको वताएका छन् । मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुमा वैशाख ५ गतेदेखि १२ गतेसम्म पाठ्य पुस्तक पुर्याउने काममा पनि मन्त्रालयले निर्देशन दिएको वताए । पाठ्य पुस्तक सवै छपाई गर्ने काम भएको वताउँदै मन्त्री पोखरेलले यो वर्ष पाठ्य पुस्तकको अवाभ खड्किन नदिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पोखरेलले आफू मन्त्री वनेको ५ महिना भएको वताउँदै यो अवधिमा देशका ७५ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारी सँग भेटघाट र छलफल गरी शिक्षालाई समय सापेक्ष वनाउन निर्देशन दिएको वताए । हालसम्म देशका २४ जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको वताउँदै मन्त्री पोखरेलले देशका पूरै जिल्ला साक्षर जिल्ला घोषणा गरिने अवको अभियान हुने वताए । यो वर्षदेखि एसएलसी परीक्षा लेटरग्रेडिङ् प्रणालीमा जाने तयारी भएको वताउँदै उनले तराईका जिल्लामा यतिवेला एफ एम रेडियो मार्फत पनि शिक्षा दिने काम गरिएको वताए । सामुदायिक विद्यालयको सुधार तथा निजी शिक्षण संस्थाको एकलौटी पनाको अन्त्य गर्न छुट्टै रणनीति तय गर्ने उनले वताए । विद्यालयको शैक्षिक सुशासनमा समेत ध्यान दिँदै छात्रवृति वितरण प्रणालीलाई वस्तुनिष्ट वनाईने मन्त्री पोखरेलले वताए । उनले सरकार पछिल्लो सयममा संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गर्न लागि परेको धारणा समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप