शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिटिजन्स बैंकको मर्चेन्ट बैंकिङ कारोवार गर्ने सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल

बुधबार, ०३ चैत २०७२, १५ : ३३
बुधबार, ०३ चैत २०७२
काठमाडौं, चैत ३–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक मर्चेन्ट बैंकिङ्ग कम्पनीको रुपमा सि. बि. आई. एल क्यापिटल लिमिटेड भएको छ । चुक्ता पुँजी रु. १० करोड भएको कम्पनीमा ६७ प्रतिशत सेयर सिटिजन्स बैंकको रहेको छ । सिटिजन्स बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, साहयक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र रामधन श्रेष्ठ तथा उद्योगी आजाद श्रेष्ठ र नागरिक लगानी कोषका नायव प्रमुख कार्यकारी अधिकृत सुशील कुमार अर्याल सामेल भएको सञ्चालक समिति गठन भएको छ । सो समितिले अध्यक्षका पदमा गणेशराज पोखरेललाई निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर मर्चेन्ट बैंकिङ्ग तथा इन्भेस्टमेन्ट बैंकिङ्गको कारोवार गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप