प्राकृतिक मुड्का ताल पुरिँदै
बिहीबार, ०४ चैत २०७२, १२ : ०४
कञ्चनपुर – कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको मुड्का ताल पुरिँदै जान थालेको छ ।
तालको उत्तरतर्फबाट बर्सातका बेला बगेर आउने पानीले माटो बगाएर ल्याउने गरेका कारण ताल पुरिँदै जान थालेको हो । एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको ताल माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा पुगेको छ ।
ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको सिद्धबैजनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए । ताल पुरिँदै जान थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने सङ्घारमा पुगेको उनले बताए ।
ताल संरक्षणका लागि नगरपालिका र जिविस कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको मन्दिर संरक्षण समितिका पूर्वअध्यक्ष दुर्गादत्त भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण