शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्र र महन्थ फर्केलगतै अर्का दुई मधेसी नेता पुगे दिल्ली

बिहीबार, ०४ चैत २०७२, १३ : २२
बिहीबार, ०४ चैत २०७२

काठमाडौ  – मधेशी मार्चाका दुई नेता आज दिल्लीबाट फर्के लगतै आजै अर्का दुई नेता दिल्ली पुगेका छन् । भारतमा आयोजित एक कार्यक्रममा भाग लिएर तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल फर्केलगत्तै तमलोपाका महामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य सुरेश मण्डल दिल्ली पुगेका हुन् । 

उनीहरुको उद्देश्य भारतीय नेताहरुलाई भेटेर मधेश आन्दोलनको वर्तमान अवस्थाको बारेमा अवगत गराउनु नै भएको स्रोतले जनाएको छ ।

दिल्ली बसाईका क्रममा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला कालो झण्डा देखाउने दिल्लीमा अध्ययनरत मधेशी विद्यार्थीहरुलाई भेट्ने कार्यक्रम पनि रहेको तमलोपाका महामन्त्री सोनलले जानकारी दिए ।

उनले विद्यार्थीहरुसँग भेटेर अन्तरक्रिया कार्यक्रम गर्ने त्यसपछि समय रहेमा भारतीय नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको बताए । चन्दा चौधरी अध्यक्ष रहेको नेपाल भारत मैत्री समाजले चैत १ गते दिल्लीमा आयोजना गरेको कार्यक्रममा भाग लिन ठाकुर र यादव दिल्ली गएका थिए । उनीहरुको २ गते नै फर्किने कार्यक्रम थियो तर भारतीय नेताहरुलाई भेट्नका लागि उनीहरु थप दुई दिन दिल्लीमै रहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप