डिल्लीबजार मालपोतका तीन नासु बिरुद्ध विषेश अदालतमा मुद्दा दायर
बिहीबार, ०४ चैत २०७२, १७ : २९
काठमाडौं–जग्गा दर्ता पक्रियामा आलटाल गर्दै सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका डिल्लीबजार मालपोतका तिन जना नायब सुब्बा र एक कार्यालय सहयोगी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिल्लीबजार मालपोतमा कार्यरत नासुहरु एक नारायण अर्याल, मुकुन्दराज पाण्डे, पोष्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाल विरुद्ध बिहीबार अख्तियारले मुद्दा दायर गरेको हो ।
नासु अर्याल समेतले काठमाडौं जिल्ला साबिक पशुपती ८(च) को कित्ता नम्बर १९६ र १९७ को दर्ता प्रक्रियाका सम्वन्धमा नापी कार्यालय काठमाडौंलाई पत्राचार गर्नुपर्ने कामका लागी आलटाल गर्दै घुस मागेका थिए । सेवाग्राहीसँग पाँच लाख घुस लिईसकेको अवस्थामा पक्राउ परेका निजहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) द्वारा परिभाषित कसुर पुष्टि हुन आएको अख्तियारले जनाएको छ । कार्यालय सहयोगी सहित सवैलाई जनही पाँच लाख बिगोसहित अख्तियारले जेल सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण