शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खुसीको सूचांक : भारतभन्दा नेपाल खुसी

शुक्रबार, ०५ चैत २०७२, १८ : ५३
शुक्रबार, ०५ चैत २०७२
काठमाडौं – सन् २०१६ को वल्र्ड ह्यापिनेस रिपोर्टमा नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये तेस्रो खुसी मुलुक रहेको पाइएको छ । खुसीको सूचांकमा नेपालले भारतलाई पनि पछि परोको हो । संयुक्त राष्ट्रसंघको विश्व खुसियली दिवसको अघि बुधबार यो रिपोर्ट जारी गरिएको थियो । हरेक २० मार्चका दिन राष्ट्रसंघले यो दिवस मनाउने गरेको छ । यस रिपोर्टमा १ सय ५६ राष्ट्रमध्ये नेपाल १ सय ७ औं स्थानमा रहेको छ । नेपालभन्दा पछि बंगलादेश ११० औं स्थान, श्रीलंका ११७ औं स्थान तथा भारत १ सय १८ औं स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान १ सय ५४ औं स्थानमा रहेको छ । नेपालभन्दा अघि भुटान ८४ औं तथा पाकिस्तान ९२ औं स्थानमा रहेको छ । रिपोर्टका अनुसार डेनमार्क विश्वको सबैभन्दा खुसी मुलुक रहेको छ । त्यसपछि क्रमशः स्वीटजरल्याण्ड, आइसल्याण्ड, नर्वे र फिनल्याण्ड रहेका छन् । विश्वकै दुःखी मुलुकमा बुरुण्डी र सिरिया रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप