कलर्स के३ को खरीदमा पावरब्याङ्क सित्तैंमा
काठमाडौं – कलर्स मोबाइलले कलर्स के३ खरीदकर्ताहरुका लागि पावर प्याक्ड अफर संचालनमा ल्याएको छ । अब, हरेक कलर्स पर्ल ब्ल्इाक के ३ खरीद गर्दा खरीदकर्ताले १०००० एमएएच क्षमतासहित रु.३००० बराबरको पावर ब्याङ्क सित्तैंमा प्राप्त गर्नेछन् । यो उपहार योजना स्टक रहेसम्म सीमित अवधिका लागि संचालन गरिएको छ । कलर्स के३ को बिक्री आरम्भ सन् २०१५ को डिसेम्बर २६ मा अग्रीम बुकिङ गरेर भएको थियोे । ३२ जिबी रोम र ३ जिबी ¥याम क्षमतायुक्त यस मोबाइलको डिजाइन चम्किलो मेटालिक छ र यसको दुवैतर्फको आवरणमा आसाही सुधारिएको शिसा प्रयोग गरिएको छ । यसैगरी पछाडी पट्टिको क्यामरा १३ मेगापिक्सल क्षमता एवं अगाडी पट्टिको क्यामरा ८ मेगापिक्सल क्षमताको रहेको यस के ३ मा २३५० एमएएच ली–पोलिमर ब्याट्री लगायतका विशेषताहरु रहेका छन् । यो योजना नेपालभर एकसाथ लागू गरिएको छ र सबै स्थानका लागि यसको बजार मुल्य एउटै रु.२०,९९५ कायम गरिएको छ । कलर्स मोबाइललाई औपचारिक रुपमा टेलिटक प्रा.लि.ले सन् २००९ देखि नेपालमा बिक्री वितरण प्रारम्भ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण