सिंहदरवारमा माओवादी नेताहरुलाई ४५ मिनेट कुराए प्रधानमन्त्रीले
बैठकमा शुरुमा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी सिंहदरवार पुगेकी थिइन् । साढे ४ बजे शुरु हुने भनिएको बैठकमा उनी सवा चारमा नै सिंहदरवार पुगेकी थिइन् । उनीपछि क्रमशः मात्रिका यादव, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य र अन्त्यमा एमाओवादी अध्यक्ष प्रचण्ड पुगेका थिए । प्रचण्ड पनि ढिला गरी ४ः४५ मा पुगे । प्रधानमन्त्री केपी शर्मा ओली भने ५ः१५ तिर मात्र छलफल आइपुगे ।
प्रधानमन्त्रीसँग गुनासो
बैठकमा माओवादी नेताहरुले द्वन्द्वकालिन मुद्दाहरु पुनः व्युताउने काम शुरु भएकोमा आपत्ति जनाएका थिए । शान्ति सम्झौताको मर्म विपरित अदालती प्रक्रिया शुरु गरिएकोमा आपत्ति जनाउँदै यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनुपर्ने कुरा जोड दिएका थिए । त्यस्तै यसका लागि आवश्यक ऐन संशोधन गर्नका लागि प्रधानमन्त्रीसँग माओवादी नेताहरुले आग्रह गरेका थिए ।
पछिल्लो दिनमा शान्ति सम्झौता र विगतमा दलबीच भएको सहमतिलाई उल्ट्याएर सर्वोच्च अदालतले माओवादी नेता तथा कार्यकर्तालाई कारागार पठाउनेजस्ता फैसला गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर उनीहरुले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक विषयलाई राजनीतिक तवरले नै सल्ट्याउनुपर्नेमा आपराधिक घटनाका रुपमा लिएर अदालतले माओवादी नेता तथा कार्यकर्तालाई अपराधीको जस्तो व्यवहार गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेकपा क्रान्तिकारी माओवादीका नेता देवप्रसाद गुरुङले राससलाई जानकारी दिए ।
“सशस्त्र युद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्नेमा अदालतले राजनीतिक विषयमा हस्तक्षेप गरेको र माओवादी नेता तथा कार्यकर्तालाई कारागार पठाउन खोजिएकामा हामीले आपत्ति जनायौँ”– गुरुङले भने ।
प्रधानमन्त्री ओलीले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गरिने र विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अगाडि बढ्न सरकार तयार रहेको बताउनुभएको उनले जानकारी दिए ।
राजनीतिक विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले नै हेर्ने भन्ने प्रावधान राख्न नसकिएका कारण समस्या भएको भन्दै प्रधानमन्त्री ओलीले सरोकार भएका पक्षसँगको छलफलका आधारमा कानुन संशोधन गरिने विश्वास समेत दिलाएको नेता गुरुङले उल्लेख गरे ।
एमाओवादीलगायत दलले पछिल्लो दिनमा राजनीतिक विषयमा राज्यकै निकायका रुपमा रहेका अदालतले हस्तक्षेप गरेकामा त्यसले शान्ति सम्झौताको मर्म र भावनामाथि प्रहार गरेको जनाउँदै आएका छन् ।
प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतका नेता प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण