शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तम्घासको बसपार्कमा एक महिला मृत फेला

शुक्रबार, ०५ चैत २०७२, १८ : ५५
शुक्रबार, ०५ चैत २०७२
गुल्मी - सदरमुकाम तम्घासको बसपार्कमा एक महिला मृत फेला परेकी छन् । मुसिकोट ७ घर भै रेसुङ्गा नगरपालीका १० बसपार्कमा बस्दै आएका प्रकाश नेपाली की श्रीमती बर्ष २४ की लक्ष्मी नेपाली आफ्नै कोठामा मृत भेटिएकी हुन् । अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । यद्यपी प्रहरीले अनुसन्धान गरीरहेको मिश्रले बताए । शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल तम्घास राखीएको प्रहरीले जनाएको छ । लक्ष्मीका ३ वटा बच्चा रहेका छन् । उनीहरु सदरमुकाममा ज्याला मजदुरी गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप