शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सान मिगेलको ‘हल्का रमाइलो अवस्था’

शुक्रबार, ०५ चैत २०७२, १९ : ४८
शुक्रबार, ०५ चैत २०७२

काठमाडौँ – नेपाली बियर सान मिगेलले मित्रताको सन्देशलाई लिएर आफ्नो नयाँ प्रवर्धनात्मक कार्यक्रम ‘हल्का रमाइलो अवस्था’ आफ्नो उपभोक्ताहरूमाझ ल्याएको छ । गर्मी लागे सँगै सान मिगेलले अघि सारेको यस प्रवर्धन कार्यक्रमको उद्देश्य मित्रता र उमङ्गको सन्देश दिनु रहेको कम्पनीले जनाएको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक फिलिप नोर्ले उत्साहित भन्छन्, ‘सान मिगेल बिल्कुलै अलग उद्देश्य लिएर आफ्ना ग्राहकहरूसमक्ष आउँदै छ । हामीलाई विश्वास छ, ग्राहकहरूमाझ सान मिगेलले साथीभाइहरूको मित्रता र उमङ्गलाई फरक उचाइमा लिएर जानेछ ।’ कम्पनीले कार्यक्रमसँगै एप पनि आफ्नो उपभोक्तामाझ ल्याएको छ । यो एपबाट ग्राहकले साथीहरूबीच बिताएको रमाइलो पलहरू मोबाइलबाट खिची सामाजिक सन्जाल मार्फत सेयर गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो एप हाल ’प्ले स्टोर’ बाट सिधै डाउनलोड गर्न सकिन्छ र एन्ड्रोइड स्मार्ट फोनहरूमा प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप