शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बस दुर्घटनामा एकको मृत्यु, २७ घाइते

शनिबार, ०६ चैत २०७२, ०९ : ५३
शनिबार, ०६ चैत २०७२

चौतारा– सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसमा गए राति यात्रु बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा– ६ का ५५ वर्षीय रामबहादुर कामी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १९ जनालाई ललितपुरको बिएन्डबी अस्पताल र अन्यको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार काठमाडौँबाट फुल्पिङकट्टी जाँदै गरेको बा१ख ९३४३ नंको यात्रु बस शुक्रबार बेलुका लुपसिङ भन्ने ठाउँमा सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो । कच्ची ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप