शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अज्ञात समूहद्वार पूर्वलडाकु भट्टको हत्या

शनिबार, ०६ चैत २०७२, १० : २२
शनिबार, ०६ चैत २०७२
भीमदत्तनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका ५० वर्षीय विष्णु भट्टको गए राति अज्ञात समूहले हत्या गरी पूर्वपश्चिम राजमार्गमा फालेको अवस्थामा भेटिएको छ । माओवादीका पूर्वलडाकुसमेत रहेका भट्टलाई हत्या गरी चलाखीपूर्ण ढङ्गले राजमार्गमा ल्याएर छाडिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । “शरीरभरि निलडाम छ” घटनास्थलबाट प्रवक्ता खनालले भने– “हत्या गरी राजमार्गमा ल्याएर राखेको जस्तो देखिन्छ ।” खनालले भट्टको सवारी दुर्घटनामा मृत्यु भएको देखाउन राजमार्गमा शव राखिएको हुन सक्ने अनुमान गरे । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी सहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप