पाँच घन्टाको प्रयासपछि आगलागी नियन्त्रणमा
शनिबार, ०६ चैत २०७२, १० : २६
नेपालगन्ज– आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ ।
प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी गराए । प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ ।
उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति भएको बताए । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण