बेलायतका राजकुमार ह्यारी आज नेपाल आउँदै
काठमाडौं–बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ आज नेपालको औपचारिक पाँचदिने भ्रमणमा आउँदै छन् । बेलायतका कान्छा राजकुमार ह्यारी दिउँसो ३ः१० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् ।
कतार एयरवेजको विमानबाट विमानस्थल उत्रिने ह्यारीले शनिबारै भेटघाटको कार्यक्रम राखेका छन् । विमानस्थलबाट उनी नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको उपलक्ष्यमा याक एण्ड यती होटलमा आयोजित समारोहमा ह्यारी सहभागी हुन जानेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ह्यारीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण