शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संविधानको कार्यान्वयन गर्न काँग्रेसलाई सरकारमा सामेल हुन पोखरेलको आह्वान

शनिबार, ०६ चैत २०७२, १० : ४१
शनिबार, ०६ चैत २०७२

विराटनगर–नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धितर्फ डो¥याउनका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसका लागि सही योजनालाई कार्यान्वयनका लागि एमालेले भूमिका निर्वाह गरिरहेको बताए ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र असन्तुलित सम्बन्धलाई राम्रो बनाउन, पारवाहन लगायत सम्झौता हुने जानकारी गराउँदै उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणलाई भारतविरुद्धको कदमका रुपमा लिनु हुँदैन ।”

उनले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि पार्टीले सञ्चालन दशदिने कोसी–मेची पर्यटन प्रवद्र्धन अभियानबाट पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारले नै आउँदो संसदीय दलको निर्वाचन गराउने स्पष्ट पार्दै संविधानको कार्यान्वयनका लागि नेपाली काँग्रेसलाई पनि सरकारमा सामेल हुन आह्वान गरे ।

मधेसी मोर्चाको आन्दोलन केका लागि भनी प्रश्न गर्दै उनले आन्दोलन मर्यादित, लोकतान्त्रिक हुनुपर्ने र हिंसा गर्ने तथा सामाजिक सद्भाव खलबलाउने खालको हुनुनपर्ने विषयमा जोड दिए ।

सो अवसरमा एमाले कोसी अञ्चलका इन्चार्ज जीवन घिमिरेले पार्टीद्वारा सञ्चालित कोसी–मेची पर्यटन प्रवद्र्धन अभियानको विषयमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप