शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हलिउडमा दीपिका पादुकोणको कामूकता

शनिबार, ०६ चैत २०७२, ११ : ३९
शनिबार, ०६ चैत २०७२

प्रियंका चोपडापछि अहिले बलिउड अभिनेत्री दिपिका पादुकोण हलिउडमा व्यस्त छिन् । तर आफ्नो नजिकका साथिको बिहेमा सहभागी हुन उनी शुक्रबार बिहानै मुम्बई आइन् । ‘बाजीराव मस्तानो’ पछि उनी केही साथिहरुसँग पार्टीमा इन्जोय गर्दै गरेको अवस्थामा भेटिइन् । दीपिका मुम्बईबाट साथिको बिहेमा सहभागी हुन श्रीलंका जानेछिन् र त्यसपछि लस एन्जलस् फिर्ता हुनेछिन् ।

अहिले आफ्नो पहिलो हलिउड चलचित्र ‘एक्सएक्सएक्स’ को सुटिङमा दीपिका व्यस्त छिन् । यस चलचित्रमा मुख्य भूमिकामा हलिउडका स्टार विन डीजल हुनेछन् । दुबैले चलचित्रको सेटमा खिचेका केही तस्विर सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्विरमा दुबैको केमेस्ट्री निकै गजबको देखिएको छ । पछिल्लो पटक सार्वजनिक भएको तस्विरमा दीपिका निकै हट देखिएकी छिन् ।

आफ्नो पहिलो हलिउड चलचित्र भएका कारण दीपिकाले यस चलचित्रमा अंग प्रदर्शन गर्न कुनै कसर बाँकी राखेकी छैनन् । अहिले प्रियांकासँग उनको तुलना गरिएको छ । प्रियांका आफ्नो पहिलो अन्तर्राष्ट्रिय टिभी शो ‘क्वान्टिको’ मा निकै बोल्ड देखिएकी थिइन् । उनले आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’ मा पनि अंग प्रदर्शन गर्न कुनै कसर बाँकी राखेकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप