शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आज भारत–पाक क्रिकेट म्याच : डेढ अर्ब नागरिकको प्रतिष्ठाको लडाई

शनिबार, ०६ चैत २०७२, १२ : १६
शनिबार, ०६ चैत २०७२

भारत विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश हो । यस देशमा झन्डै १ अर्ब ३० करोड मानिस बस्छन्् । पाकिस्तानको जनसंख्या झन्डै २० करोडको छ । यि दुबै देशमा क्रिकेटहरु भगवान् सरह पुजिन्छन् । क्रिकेट दुबै देशको सर्वाधिक लोकप्रिय खेल र प्रतिष्ठाको विषय हो । त्यसैले भारतको कोलकत्तास्थित इडेन गार्डेन रंगशालामा दुई देशका क्रिकेट टिम आज भिड्दा विश्वका करोडौँ क्रिकेट प्रशंसकहरुको ध्यान यस खेलले तान्नेछ । अनिश्चित थियो विश्वकपमा पाकिस्तानको सहभागिता – गत डिसेम्बर ११ मा टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल धर्मशाला मैदानमा हुने घोषणा गरिएको थियो । तर राजनैतिक तिक्तता र सुरक्षाको ग्यारेन्टीका कारण धर्मशालामा हुने खेल अन्तिम समयमा आएर आयोजक भारतले कोलकत्तामा सर्यो । कोलकत्तामा खेल आयोजना हुने आधिकारीक घोषणा हुनअघि भारत र पाकिस्तानका दुबै प्रशंसकहरुलाई एउटै अन्यौलता थियो –‘के पाकिस्तानले विश्वकप खेल्ला ?’ सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सुरु हुनभन्दा एक साताअघिसम्म बहिष्कारको धम्की दिने पाकिस्तानी टोली अहिले विश्वकपमै हेर्नलायक टोली बनेको छ । प्रतियोगिता सुरु हुनभन्दा एक दिनअघि मात्रै धर्मशालाको सट्टा कोलकत्ताको इडेन गार्डेनमा भारत र पाकिस्तानको खेल गराउने घोषणा बिआईसीसीले गरेको थियो । एसेजभन्दा पनि ठूलो भिडन्त क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुने एसेज टेस्ट सिरिजलाई सबैभन्दा पुरानो भिडन्त मानिन्छ । तर, भारतीय क्रिकेटर रविचन्द्रन आश्विन दुई देशबीचको खेललाई फ्यानहरुले एसेज शृंखलाभन्दा महत्व दिने बताउँछन् । ‘यो खेल क्रिकेटका लागि सधैँ महत्वको हुन्छ किनकी भारत र पाकिस्तानमा क्रिकेटका धेरै प्रशंसक छन् । दुई देश विश्व क्रिकेटकै सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् ।’ पाकिस्तान नराम्ररी हारेको थियो विश्वकपको पूर्वसन्ध्यामा पाकिस्तान र भारत गत महिना एशिया कपमा भिडेका थिए । त्यतिबेला केवल ८४ रनको लक्ष्य पछ्याएको भारतीय टिमलाई रोक्नका लागि पाकिस्तानी बलर महोमद आमिरले धेरै कसरत गरे । तर विरोट कोहलीको शान्दार ब्याटिङका अगाडी उनको केही सिप लागेन । भारतले अन्नत एशिया कप नै जित्यो । पाकिस्तान त्यसअघि नै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि आलोचनाको शिकार भयो । पाकिस्तानी कप्तानी साहिद अफ्रिदी आलोचनाको केन्द्रमा थिए । अहिले अवस्था ठीक उल्टो अहिले दुई देश एकआपसमा भिड्नुअघि दुबैले टी–२० क्रिकेटमा एक एक खेलमात्रै खेलेका छन् । तर एशिया कपको तुलनामा दुई टोलीबीचको अवस्था फरक छ । सुरुआती खेलमा न्युजिल्याण्डका तीन स्पिनर मिट्चेल सान्टनर, इस सोधी र नाथान म्याकूलम चम्कदा भारतीय ब्याटिङ धराशायी भयो । ठीक उल्टो, आफ्नो टप अर्डरको ब्याटिङमा देखिएको समस्यालाई चिर्दै पाकिस्तानले बंगलादेश विरुद्ध ५५ रनको फराकिलो जीत दर्ता ग¥यो । लामो समय राम्रो प्रदर्शन गर्न नसकेका अहमद सेहजाद फर्ममा देखिए । विग म्याच प्लेयर भनेर चिनिने महोमद्ध हाफिजले आफ्नो छविमा न्याय गरे । एकादेशका फिनिसर मानिएका साहिद अफ्रिदीले फेरि आफ्नो हैसियत देखाइदिए । सोयब मलिक पुरानै रोलमा फर्कदा पनि टोलीको आत्मविश्वास ह्वात्तै बढेको छ । कोलकत्ताको पिच पेस बलरहरुका लागि उपयुक्त मानिन्छ । तर, कोहलीले अगुवाई गर्ने भारतको मिडिल अर्डर न्यूजिल्याण्ड विरुद्ध चल्न सकेको छैन भने धोनीले सुरुआती खेलमा आफ्नो क्षमता देखाउन सकेका छैनन् । के कोहलीले राम्रो गर्नसके मिडिल अर्डरले फेरि एकपटक धमाका मच्चाउँछ त ?

तथ्याङकमा भारत अगाडी पछिल्लो ५ खेलको अवस्था केलाउने हो भने भारतले धेरै जीत हासिल गरेको छ । उसले ५ खेलमध्ये ४ खेल जितेको छ । एशिया कपमा भारतले पाकिस्तान, बंगलादेश, श्रीलंका र फाइनलमा बंगलादेशलाई हराएको थियो । पाकिस्तानले पछिल्ला ५ मध्ये अन्तिम दुई खेल जितेको छ । उसले श्रीलंका र बंगलादेशलाई हराएको हो । त्यसअघि एशिया कपमा पाकिस्तान बंगलादेश र भारतसँग पराजित भएर समूह चरणबाटै घर फर्किएको थियो । – भारत र पाकिस्तानबीच अहिलेसम्म टी–२० क्रिकेट अन्तर्राष्ट्रियमा भएका ७ भिडन्तमध्ये पाकिस्तानले केवल १ खेलमात्रै जितेको छ । एक खेल बराबरीमा टुंगिएको छ भने बाँकी ५ खेल भारतको पक्षमा छ । – अन्तिम पटक पाकिस्तानले ४ वर्षअघि भारतमा टी–२० अन्तर्राष्ट्रिय खेले खेलेको थियो । त्यतिबेला युवराज सिंहले ३६ बलमा ७२ रन बनाएका थिए । – टी–२० र एकदिवसीय क्रिकेटको विश्वकप समेत गरेर भारत–पाकिस्तानबीच अहिलेसम्म विश्वकपमा १० भिडन्त भएको छ । त्यसमध्ये ९ खेल पाकिस्तानले जितेको छ । डर्बनमा २००७ मा भारत र पाकिस्तानबीचको खेल भने बराबरीमा टुंगिएको थियो । चुनौती छ भारतीय खेलाडीलाई – युवराज सिंहले एशिया कपमा १ सय ४४ मिनेटसम्म ब्याट लिएर पिचमा समय बिताएका थिए । तीन साताअघि उनले महोमद्ध आमिर र महोमद्ध इरफानको हाई–स्पिड सामना गर्नुपरेको थियो । युवराजले फेरि एकपटक त्यस्तै परिस्थिती सामना गर्नेछन् । तर यसपटक उनको धेरै रन बनाउनुपर्ने हुन्छ किनकी पाकिस्तान विरुद्धको हारले भारतको विश्वकप यात्रा नै समाप्त पार्नसक्छ । – प्रतियोगिताअघि रोहित शर्माले महोमद्ध आमिरको खतरालाई इन्कार गर्दै उनलाई सामान्य बलरको संज्ञा दिए । गत जनवरीमा पाकिस्तानका प्रशिक्षक वाकार युनिसले पनि यस्तै भनेका थिए, ‘मलाई लाग्छ आमिर आफ्नो पुराना लयमा छैनन् ।’ तर आमिर असामान्य देखिए उनले एशिया कपमा ११ दशमलव ५७ को औसतमा ७ विकेट लिए । स्लो पिच होस् वा नहोस् । सामान्य होस् वा एस्ट्राअडिनरी । आमिर पाकिस्तानका प्रमुख खेलाडी हुन । रोहित विरुद्ध आमिरको सुरुआतले भारत–पाकिस्तानको खेलमा ठूलो फरक पार्नेछ । – निकै दबाबमा परेको भारतका लागि मिडिल अर्डरमा अजेन्का रहाणे उपलब्ध छन् । तर भारतले आशिष नेहराको सट्टा महोमद्ध सामी नआएसम्म पुरानै टोली उतार्न सक्छ । यता, पाकिस्तानले बंगलादेश विरुद्ध जीत हासिल गर्दाको टोलीलाई नै उतार्ने संभावना छ । – लासिथ मालिङागाको नाममा रहेको टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने किर्तिमान तोड्न पाकिस्तानी कप्तान साहिद अफ्रिदी केवल २ विकेटले पछि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप