सडकलाई दान दिने ४९ दानविरलाई सम्मान
सल्यान – नेपाल सरकार र विश्व बैंकद्धारा सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम अन्र्तगत जग्गा दान गर्ने ४९ दान दातालाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
थारमारे वडागाउँ, चौरजहारी सडक प्रभाव क्षेत्रमा परेको जग्गा नेपाल सरकारको नाममा स्वेच्छिक दान गर्ने वडागाउँ विकास समितिका ४९ दान दाताहरुलाई आइतबार सम्मान गरिएको हो । मुआवाब्जा निर्धारर्ण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द, स्थानीय विकास अधिकारी रामचन्द्र पौडेललगायतले स्वच्छिक दान गर्ने दान दातालाई प्रतिकित्ता ५ हजार र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै विश्व बैंकका पश्चिम क्षेत्रका प्रोजेक्ट म्यानेजर शंकरप्रसाद पण्डितले देशभर ६० हजार किलामिटर ग्रामिण सडक रहेकोमा सम्पूर्णलाई मुअब्जा दिन नसक्ने तर स्वेच्छिक दान दिनेहरुलाई केही राहत होस् भनेर सहयोग गर्ने बताए । जनताप्रति उत्तरदायि सडक बनाउनका लागि सेवाग्राहीको नाममा रहेको सम्पत्ति सरकारको नाममा लिने गरेको उनले बताए ।
यस्तै मुआवाब्जा निर्धारण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जुनसुकै विकास निमार्ण पनि दिगो र प्रभावकारी बनान जनसहभागिता अनिवार्य हुनु पर्ने बताए । उनले भने ,‘जबसम्म जनताको कुनै पनि विकासमा प्रत्यक्ष संलग्नता हुदैन तबसम्म उक्त विकास निमार्ण प्रभावकारी र दिगो पनि हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण