राप्तीमा झण्डै तीन सय महिला तथा बालबालिका बेपत्ता
तुलसीपुर –राप्तीमा ७ महिनाको अबधिमा झण्डै तीन सय जना महिला तथा बालबालिका बेपत्ता भएको अञ्चल प्रहरी कार्यालय राप्तीले जनाएको छ ।
आर्थिक वर्ष २०७२–०७३ को साउन महिनादेखि माघ महिनासम्म वेपत्ता भएका ३ सय २४ मध्ये ५० जना महिला तथा बालबालिका मात्रै भेटिएपछि राप्तीका पाँचवटा जिल्लामा वेपत्ता हुनेको संख्या २ सय ७४ पुगेको अंचल प्रहरी कार्यालय राप्तीका प्रवक्ता प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
कार्यालयको अपराध अनुन्धान शाखाले दिएको तथ्याङ्क अनुसार दाङमा एक सय १६ महिला, ३० बालक, २८ बालीका , गरि एक सय ७४ जना हराएकोमा ७ जना महिला, ३ बालक र ५ जना बालीका भेटिएका छन् । सल्यानमा महिला १६, बालक ४ , बालीका ७ जना वेपत्ता भएकोमा ३ महिला, ३ बालक, १ बालीका भेटिएका छन् भने , प्युठानमा महिला २५ , बालक ३ , बालीका ३ वेपत्ता भएकोमा महिला ३ र बालीका १ मात्रै भेटिएका छन् । त्यस्तै रोल्पमा महिला २०, बालक १५ र बालीका १४ जना वेपत्ता भएकोमा ४ जना महिला, बालक ६ र बालीका ७, रुकुममा महिला २७ , बालक ९ र बालीका ७ हराएकोमा २ महिला, ३ बालक र ३ जना बालीका मात्रै भेटिएका छन् । प्रहरीले दिएको तथ्याङ अनुसार जिल्लालाई तुलना गर्दा सबै भन्दा बढी दाङमा एक सय ५९, रुकुममा ३६, रोल्पामा ३२, प्यूठानमा २७ र सबै भन्दा कम सल्यानमा २० जनामहिला तथा बालबालीका हराएका छन् । किन वेपत्ता हुन्छन् महिला तथा बालबालिकाहरु ? गरिबी र अशिक्षाका कारण महिला तथा बालबालिका हराउने गरेको अंचल प्रहरी कार्यालय राप्तीले जनाएको छ । “गरिबीकै कारण आर्थिक तथा रोजगारीको प्रलोभनले उनिहरु छिट्टै फक्किन्छन्, भने अर्को तर्फ चारै तिर खुल्ला सिमानाले पनि यसमा सहयोग पु¥याएको छ,” प्रवक्ता तुलबहदाुर कार्कीले भने । त्यस्तै बढ्दो शहरिकरण, यातायात, प्रविधिले पनि महिला ता बालबाीको क्षेत्रमा प्रभाव पारेको उनको तर्क छ । भेटिदैनभेटिने भन्ने होइन् हराउदा प्रहरीमा आउने र सम्पर्कमा आए प्रहरीलाई खबरै नदिने भएकाले पनि यसको संख्यामा वृद्धि देखिएको कार्कीेले बताए । तर पनि यसको न्युनिकरणका लागि महिला सेला, माइती नेपाल लगायतका सरोकारवाला निकायसंग समन्वय भइरहेको अंचल प्रहरी कार्यालय राप्तीेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण