शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियाका निम्ति श्रीलंकाको कामदार कोटा बढ्ने

आइतबार, ०७ चैत २०७२, १२ : ०९
आइतबार, ०७ चैत २०७२

सोल–दक्षिण कोरियामा सन् २०१६ का लागि अत्याधिक मात्रामा आप्रबासी कामदार रोजगार प्रक्रिया प्रणाली अन्र्तगत पठाउन श्रीलंका सक्षम हुनेछ भन्ने आशयको संयुक्त बक्तब्य श्रीलंकाका बिदेशमन्त्री मंगला समरवीरा र दक्षिण कोरियाका बिदेशमन्त्री यु बंक सेले दुई देशको कुटनीतिक सम्बन्धको चार दशक लामो यात्राको बर्ष गाँठ मनाउने क्रममा गत हप्ताको शुक्रबार संयुक्तरुपमा निकालेका छन् ।

दक्षिण कोरियाको बिकासमा श्रीलंकाली मजदुरको पनि योगदान रहेको र हाल दक्षिण कोरियामा ४२ हजार हाराहारीमा उनीहरु रहेको साथै दुई देशको आपसी सम्बन्द बिस्तारबाट नै आर्थिक तथा सामाजिक बिकाश गर्न सकिने एंवम दुबै देशको पहल मा दक्षिण एसियामा नै ब्यबसाय,श्रम,बिकाश,संस्कृति रीतिरिवाजको बिस्तार गर्न कोशेढुङ्गा साबित हुने दुई देशका मन्त्रीबिचको बैठकमा छलफल भएको थियो भने सन् २०१४ मा दुई देशले कपडा, जस्तापाता,रासायनिक पदार्थ लगायत गरि ४०७ मिलियन अमेरिकी डलरको ब्यापारिक कारोबार गरेका थिए । दक्षिण कोरियाले दक्षिण एसियाकाका महत्वपूर्ण देशका महत्वपूर्ण शहरमा शहरी बिकाश परियोजनामा भाग लिनका निम्ति श्रीलंकाको साथ र समर्थनका लागि बिदेशमन्त्री मंगला समरवीरालाई दक्षिण कोरिया निम्त्याएको थियो । सो अवसरमा समरवीराले कोरियाको हर बिकाशका परियोजनामा श्रीलंकाको सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप