४५ औं पुण्यतिथिमा लूनकरणदास चौधरीको सम्झना
काठमाडौं– नेपाली उद्योग व्यवसाय क्षेत्रका शिखर पुरुष एवं समाजसेवी स्व लूनकरणदास चौधरीको ४५ औं पुण्यतिथिको अवसरमा शनिबार श्रद्धाञ्जलि सभाको आयोजना गरियो । श्रद्धाञ्जलि सभामा बोल्दै नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले स्व. चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
उनले आफ्ना अग्रज व्यक्तित्व एवम् हस्पिटलका संस्थापक अध्यक्ष समेत रहेका चौधरीलाई गुमाउनु पर्दा पीडाको महसुश भएको भन्दै चिकित्सा पेशाप्रति उनको अगाघ माया र सम्मान भएको बताए । उनले भने, ‘चिकित्सा पेशाप्रति सम्मान भएकै कारण आफ्ना माहिला सुपुत्रलाई पनि चिकित्सक पढाउन चाहनुहुन्थ्यो । चिकित्सक नभए पनि चिकित्सकहरूका अभिभावक बन्न भने स्व. चौधरीका माहिला सुपुत्र अग्रसर हुनुभएको मेरो बुझाई छ । ’
स्व. चौधरीको अथक प्रयास र दृढ अठोटकै कारण सुरुमा नर्भिक मुटुरोग उपचारकेन्द्रका रुपमा स्थापित पुगेकार र पछि स्वास्थ्य उपचारका अन्य विधाहरूमा बिस्तारित गरिँदै लगिएको उनले स्मरण गरे । श्री लूनकरणदास – गङ्गादेवी चौधरी साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले चौधरीको निधनको चौधरी एक महामना र कर्मवीर पुरुष भएको स्मरण गरे ।
उनले भने, ‘लूनकरणदास चौधरी पार्थिव रूपमा हामीबाट विदा हुनुभएको आज ४५ दिन भएछन् । उहाँ जानुभयो फेरि कहिल्यै नफर्किने गरी यस लोकबाट तर उहाँ जीवितै हुनुहुन्छ । आफ्ना योगदानले राष्ट्रलाई सदा उर्वर बनाउने कर्मवीरहरू कहिल्यै दिवङ्गत हुँदैनन् । त्यसैले उहाँलाई हामी कहिल्यै स्वर्गीय भन्न चाहन्नौँ । लूनकरणदास चौधरी हाम्रा हृदयका एकएक स्पन्दनमा जीवन्त बाँचिरहनु भएको छ र बाँचिरहनु हुनेछ ।’
उनले चौधरी एक व्यवसायी भएपनि समाजसेवी र परोपकारी व्यक्तित्व भएको समेत बताए । यस्तै नर्भिक अस्पतालका कार्यकारी निर्देशक तथा चौध्रीकी नातिनी मेघा चौधरी शाक्यले भनिन्, ‘मेरा मार्गदर्शक, अत्यन्त प्रिय हजुरबुबा (दादाजी) को भौतिक शरीरले ४५ दिनपूर्व हामीलाई छोडे पनि उहाँका ममतामयी आदर्शहरू, मार्ग दर्शन र स्नेहाशीषले सदैव साथ दिइ रहनेछन् भन्ने म ठान्दछु । हजुरबुबाका छोरातर्फका म एक्ली नातिनी भएकी हुँदा उहाँले मप्रति दर्शाउनु भएको ममता म शब्दमा वर्णन गर्नै सक्दिन । मेरो शैशवकालदेखि नै उहाँले हामीलाई देखाउनु भएको मार्गदर्शन, सदैव सत्कार्यमा लाग्नु पर्ने अर्ति–उपदेश, कडा मिहिनेत, लगनशीलता, अनुशासित, धर्मपरायण, क्षमाशीलता एवम् परोपकारलाई जीवनकै अभिन्न अङ्ग मान्दै अगाडि बढ्नुपर्ने उहाँका विचारहरू आज पनि मेरो मानस पटलमा स्पष्टरुपमा देखा पर्दछन् ।’ हरेक काम गर्दा २–४ पटक सोचेर, मनन गरेर, त्यसका सम्भाव्य नतिजालाई नजर अन्दाज गर्दै सुरु गर्नुपर्ने र थालेको काम जस्तै व्यवधान आइपरे पनि छोड्नु नहुने हजुरबाले आफूलाई भन्ने गरेको स्मरण गरिन् ।
उनले स्व. हजुरबुबाको ४५ औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिका आयोजक संस्थाका पदाधिकारीहरूलगायत सबैप्रति आभार समेत व्यक्त गरिन् ।
यस्तै स्वर्गारोहणको ४५ औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा बसन्त चौधरी फाउण्डेशनका द्वितीय उपाध्यक्ष पारस शाक्य तथा नर्भिक इन्टरनेशनल हस्पिटलका नायव महाप्रबन्धक आर. पी. मैनालीले चौधरीको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण