प्रधानमन्त्री विमान चार्टर गरेर चीन जानु ज्यादतिपूर्ण : भट्टराई
आइतबार, ०७ चैत २०७२, १३ : ३६
काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नीजि क्षेत्रको विमान चर्टर गरेर प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको भन्दै आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भ्रमण ज्याजतीपूर्ण र अशोभनीय भएको टिप्पणी गर्दै भनेका छन्, ‘ भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै संचालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिं अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण