शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाले कार्यबाहाक अध्यक्षमा गौतम

आइतबार, ०७ चैत २०७२, १४ : ०७
आइतबार, ०७ चैत २०७२

काठमाडौँ– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यबाहक अध्यक्षमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन् ।

चीनको भ्रमणमा जानुपूर्व आज अध्यक्ष ओलीले नेता गौतमलाई सोसम्बन्धी पत्र प्रदान गरेका थिए । अध्यक्ष ओली यही चैत १४ गते स्वदेश नफर्कुन्जेल पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप