गौतमलाई एकै बसाईंमा १३ लाख जुटाइदिए
वाशिंगटन डिसी– गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानका गतिविधिहरुको प्रस्तुति सञ्जाल विस्तारका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायले लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई एकै बसाईमा १३ लाख जुटाइदिएका छन् ।
उक्त रकम डिसी महानगर क्षेत्रमा बसोबास गर्ने विभिन्न पेसामा रहेका ७६ जना नेपाली समुदायले चन्दा रकम हस्तान्तरण गरेको जानकारी समाज सेवी दधिराम ढुंगानाले दिएका छन् ।
उक्त चन्दा कार्यक्रम स्थल मै बिष्णु गौतमलाई दिएका थिए भने चन्दादाताले नगद, धनादेश (चेक) तथा कार्यक्रममा उपस्थित हुँदा रकम नल्याएकोले लागोमा दिने प्रतिज्ञासहित १२ हजार १ सय अमेरिकन डलर संकलन गरि संस्थापकलाई हस्तान्तरण गर्ने भएका छन् ।
प्रतिष्ठानका संस्थापक गौतमले कसरी संस्था जन्मियो र कस्ताकस्ता अप्ठ्यारालाई चिर्दै संस्थाले गरेको उपलब्धिमध्ये विशेष चेपांग समुदाय, भूकम्प पिडित, सौर्य उर्जा तथा शिक्षा क्षेत्रमा अद्वितीय काम गरेको प्रस्तुतीले उपस्थित डिसी वासी स्वस्फ्रुत उत्प्रेरित भै आर्थिक सहयोग जुटेको हो । आर्थिक सहयोग गर्न ओइरो लागेको थियो । कार्यक्रम स्थलमा रकम दिन नसकेता पनि घरमै भेटघाट गरेर भएपनि लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई चन्दा अझ पनि दिने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण