पोखरा विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण
पोखरा– पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ ।
पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४९६ जना जग्गाधनीलाई रु दुई अर्ब ५० करोड मुआब्जा वितरण गरिसकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिएका छन् ।
अहिलेसम्म ४३९.५२ रोपनी जग्गाको मुआब्जा जग्गाधनीले बुझिसकेका छन् । पहिलो चरणमा ७२.६० रोपनीको ५९ जना, दोस्रो चरणमा ३०१.४२ रोपनीको २७८ जना र तेस्रो चरणमा ६५।५० रोपनीको १५९ जनालाई मुआब्जा वितरण गरिएको हो ।
कुल नपुग ६२९ रोपनीमध्ये केही जग्गा सार्वजनिक र बाटोमा समेत परेकाले अब ५१ रोपनीको मात्रै मुआब्जा वितरण गर्न बाँकी रहेको र त्यो पनि वितरणको प्रक्रियामा रहेको राजभण्डारीले बताए ।
विभिन्न चरणमा मुआब्जा लिन छुटेका जग्गाधनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने आयोजनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विमानस्थलभित्र परेका करिब ३० वटा घरटहराको पनि मुआब्जा वितरण गरिसकेको छ । आयोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी रु ४८ लाख दिने गरेको छ ।
नपुग जग्गाको अधिग्रहण कार्य अन्तिम चरणमा पुगेको र विमानस्थल निर्माणमा ऋण सहयोग गर्ने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता पनि भइसकेकाले विमानस्थलको शिलान्यास गरी निर्माण कार्य अघि बढाउन सहज भएको बताइएको छ ।
विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन १०६ रोपनी जमिन अधिग्रहण गरिए पनि विभिन्न कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण