महँगोमा ग्यास बेच्ने पक्राउ
काठमाडौँ– महानगरपालिका–३९ स्थित ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने श्री शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौँ बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
श्री शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ गौशाला विजयचोक डेरा गरी बस्ने जोरपाटी नयाँबस्तीका ४५ वर्षीय हेमन्त राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राईसहित २५ जनालाई नगद रु आठ लाख ४८ हजार र १६ थान कौडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तै महानगरपालिका–१६ सोह्रखुट्टेस्थित विन्देश्वर श्रेष्ठको हजुरको पार्टी प्यालेसमा त्रिपासा खेलाइरहेको अवस्थामा नगद रु दुई लाख २६ हजार ६००, तीन थान त्रिपासा र त्यसको तीन थान गोटीसहित श्रेष्ठसहित आठजना सोही दिन परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण