शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरबाट इन्धनको ढुवानी ठप्प

शुक्रबार, १२ चैत २०७२, १४ : ४६
शुक्रबार, १२ चैत २०७२

विराटनगर– पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ ।

इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको माग राखी सङ्घको आह्वानमा इन्धन ढुवानी ठप्प भएको हो ।

भारतको बरौनीबाट इन्धन बोकेर आएका ट्याङ्करले विराटनगरस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा इन्धन झार्न र डिपोबाट इन्धन भर्ने काम ठप्प पारेका हुन् ।

क्षेत्रीय कार्यालयको डिपोबाट सगरमाथा र कोसी अञ्चलका १२ जिल्लामा इन्धन आपूर्ति हुने गरेकामा चार दिनदेखि सो आपूर्ति हुन नसक्दा इन्धनको अभाव देखिन थालेको निगम क्षेत्रीय कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा आयल निगमका क्षेत्रीय प्र्रमुख भुवन रेग्मीले ती सङ्घका पदाधिकारीसँग प्रजिअ तोयम रायको उपस्थितिमा पटकपटक वार्ता भएपनि अहिलेसम्म ठोस निष्कर्ष नआएको बताए । ती १२ जिल्लामा दैनिक ६०० किलोलिटर इन्धन खपत हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप