‘चीन असल मित्र हो’ : अध्यक्ष यादव
काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको छिमेकी राष्ट्र चीनको भ्रमण अपेक्षा गरिएअनुसार उपलब्धिमूलक हुन नसकेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भए पनि सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएकाले जलस्रोत, सञ्चार, यातायात, मानव संशाधनको विकास र तत्कालीन आवश्यकतामा केही प्राप्त हुन नसकेको बताए ।
अध्यक्ष यादवले नेपालको चीनसँग सधैँ राम्रो सम्बन्ध रहिआएको बताउँदै अहिले भएको १० बुँदे सम्झौतामध्ये धेरै कुरा दुई देशबीच पहिला नै प्रस्ताव भएको थियो, यसपटक हस्ताक्षर मात्र भएको हो भने ।
उनले छिमेकीसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढनुपर्नेमा जोड दिँदै सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अहिले अर्थतन्त्र कालोबजारीले समानान्तर रुपमा चलाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण