शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुल्मी क्षेत्र नम्बर ३ मा अर्बौं विकास बजेट

शुक्रबार, १२ चैत २०७२, १६ : ३९
शुक्रबार, १२ चैत २०७२

बुल्ममा रंगशाला, मरभुङमा शव स्टेशन, सबै सडक पक्की बन्ने गुल्मी– गुल्मीको क्षेत्र नम्बर ३ को विभिन्न विकास निर्माणमा अर्बौं बजेट परेको जानकारी प्राप्त भएको छ । क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्टको पहलमा त्यस क्षेत्रका मुख्य सबै सडकहरु पिच गर्न, विद्युतिकरण गर्न र अन्य विकास निर्माणका लागि अर्बौं रकममध्ये केहि विनियोजन भईसकेको र केहि हुने प्रकृयामा रहेको विष्टका पुर्व स्वकिय सचिव तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य हिरा एसीले जानकारी दिए ।

उनका अनुसार गत संविधानसभा चुनावमा चुनावी मुद्दा बनाएका सांसद विष्टले दुई वर्ष भित्रमा तम्घास सिमलटारीदेखि प्युठानसम्म ४१ किलो मिटर सडक पिच गर्नका लागि झण्डै सवा अर्ब रकम पर्नेछ । ‘पहिलो चरणमा १९ करोड रकमबाट त्यस सडकमा काम सुरु भएको छ । दोस्रो चरणका लागि पनि टेण्डर प्रकृया सुरु भईसकेको छ’ एमालेका युवा नेता एसीले भने–‘३ नम्बर क्षेत्रको विद्युतिकरणका लागि पनि हालै ९२ करोड सांसद विष्टको पहलमा परेको छ । ’

नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व उर्जा मन्त्री समेत रहेका विष्टले मरभुङ्गमा शव स्टेशन बनाउने गरी त्यहाँको विद्युतिकरणका लागि उक्त रकम परेको बताए । त्यस योजना अन्तरगत सवै गाविसमा स्टीलका पोल राखिने समेत उनले बताए । अलपत्र रहेको वस्तु शव स्टेशन निर्माण कार्य चाँहि के हुन्छ त ? भन्ने प्रश्नमा विष्टले भने –‘त्यसको ठेकेदारले अदालतमा मुद्धा हालेकोले रोकिएको हो त्यो मुद्धा फैसाला हुन साथ त्यसको काम पनि अगाडी बढाईने छ ।’

उनले देशकै सवै भन्दा ठुलो चौर मानिने अमरपुरको वुल्ममा ठुलै रंगशाला बनाउनका लागि विदेशी दातृ निकाय संग रकम मागको पहल भई रहेको बताए । ‘वुल्मको ८० रोपनी क्षेत्रफलमा ठुलै रंगशाला बनाउनका लागि १० देखि १५ करोड सम्म रकम आबस्यक पर्दो रहेछ त्यसका लागि मैले विदेशी दातृ निकाय संग छलफल अगाडी बढाएको छु’– विष्टले भने –‘अव चाँडै त्यसको टुङ्गो लाग्ने छ ।’

उनले सेउवा जैसीथोक थुर्कोट हुँदै पुर्कोटदह अग्लुङ्ग सम्मको सडक कालोपत्रे गर्नका लागि पनि प्रकृया अगाडी बढेको बताए । सेउवा सिमाहघाट देखि वरवोट सम्मको कालोपत्रे हुने कामको टेण्डर समेत भई सकेको उनले जानकारी दिए । त्यस्तै ९ मिटर चौडा सडक पारेर पनाह पुल देखि रातडाँडा ईन्द्रेगौडा सम्म कालोपत्रे हुने काम पनि सुरु भई सकेको विष्टले बताए ।

हस्तीचौर छल्दीटार देखि दर्लामचौर ईस्मारजस्थल देखि वाग्लुङ्गको गंगार सम्मको सडक पनि कालोपत्रे गर्नका लागि ३६ करोडको टेण्डर प्रकृया सुरु भएको पनि विष्टले जानकारी दिए । त्यस्तै भञ्ज्याङ्ग, भराह चुँदरीगाउँ मुसिकोट देखि पौदीअमराई नेटा दर्लिङ्ग सम्मको सडक स्तरबृद्धिका लागि पनि प्रकृया सुरु भई सकेको उनले बताए ।

‘चुनाव ताका मैले जनाएका सवै प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने गरी क्षेत्र नम्वर ३ को विकासमा लागेको छु –उनले भने –‘पार्टीको जिम्मेवार तहमा रहेकोले मेरो क्षेत्र मात्रै हेरेर पुग्दैन् अन्य क्षेत्रमा पनि मेरो पहल जारी छ । ’

यहाँको विपक्षीदल नेपाली कांग्रेस र एमाले संग सरकारमैं रहेको एमाओवादी लगायतका राजनैतिक दलहरुले भने यसको श्रेय नेकपा एमाले र उनका नेता विष्टलाई मात्र नजाने सवैको पहल रहेको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप