गुगल म्यापमा सगरमाथा चीनमा : राजनीति होइन, रिपोर्ट गरौं
काठमाडौं – गुगल म्याम्पमा विश्वकै सर्वोच्च शिखर सगरमाथालाई चीनको भू–भागमा राखेको समाचार आएपछि त्यसले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा यो प्रसंग भाइरल बन्यो भने ट्वीटरमा ‘ब्याक अफ गुगल’ भन्ने ट्रेन्ड नै चलाउन शुरु गरियो । यता, विभिन्न संघ–संस्थाले पनि यसविरुद्ध वक्तव्यनै निकाले भने केही सडकमा नै उत्रिए । कांग्रेस निकट हिन्दु युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएर सगरमाथा त बेचेनन् ?’ भनेर प्रश्न गरे । सुदुरपश्चिमको एउटा स्थानीय रेडियोले फोन गरेर ‘गुगलमा भारतीय मूलका सुन्दर पिचाई आएपछि यस्तो षड्यन्त्र त भएको होइन ?’ भनेर प्रश्न गर्न भ्याए । विस्तारै यो विषयले राजनीतिक मोड लिन थाल्यो । राजनीतिक विषय होइन, प्राविधिक : विज्ञ ‘सगरमाथालाई गुगल म्यापले चीनमा रहेको देखाएछ । यहाँ त सडकमा उत्रेर नाराबाजी हुन थाल्यो । किन भयो यस्तो ?,’ नेपालका लागि गुगल म्यापका रिजनल लिड असिम अधिकारीलाई प्रश्न सोध्दा उनी यो कुनै राजनीतिक विषय नभएर प्राविधिक विषय भएको बताए । मानिसहरु सडकमा नै उत्रेको सुन्दा उनले आश्चर्य नै व्यक्त गरे । गुगल स्ट्रीट भ्युमा सगरमाथाको खुम्बु क्षेत्रको म्यापिङ गर्न गुगलको टोलीसँग काम गरेका स्टोरी साइकलका संस्थापक सौरभ ढकालले पनि यो विषय अनावश्यक रुपमा राजनीतिकरण गर्नुभन्दा प्राविधिकरुपमा समाधान खोजिनु पर्ने प्रतिक्रिया दिए । ‘यहाँ मानिसलाई धेरै फुर्सद छ, त्यही भएर नाराबाजीमा उत्रिहाल्छन्,’ उनले भने, ‘प्राविधिक विषय नाराबाजी गरेर हल हुँदैन ।’ किन भयो गल्ती ? अधिकारीका अनुसार उनले यो विषय मार्च १४ का दिन समाजिक सञ्जालबाटै थाहा पाए । त्यस लगत्तै यसको अध्ययन गरी १९ मार्चका दिन आफ्नो गुगलको टिमलाई रिपोर्ट गरे । ‘मैले यो विषय गुगल र आफू जस्तै सहकर्मीलाई रिपोर्ट गरिसकेको छु, तर हालसम्म कुनै प्रतिक्रिया पाएको छैन,’ उनले भने । संवेदनशील विषय भएकाले केही समय लागेको हुनसक्ने उनको भनाई थियो । उनले नेपालको बारेमा म्यापमा राखिने कुनै होटल वा पसलजस्ता म्यापको विषय आफूहरुले हेर्ने तर सगरमाथाजस्ता विषय आफूहरुले क्षेत्राधिकारभित्र नभएको पनि स्पष्ट पारे । अधिकारीका अनुसार गुगलमा म्याप गर्दा दुई वटा तहमा काम गरिन्छ । ‘अहिले प्राविधिक कारणले गर्दा एउटा लेयर सरेको पाइएको छ । यसले गर्दा गलत डाटा फिड–इन भएको छ । यसै कारणले यो समस्या देखिएको अनुमान छ । मेरा सहकर्मीले पनि त्यहीले गर्दा गल्ती भएको हुनुपर्ने बताइरहेका छन्,’ उनले रातोपाटीसँग कुरा गर्दै भने । अहिले कुनै पनि ठाउँको म्याप हेर्दा जुम गर्ने हो भने तलको बोर्डर र माथिको तह केही सरेको देख्न सकिने उनले बताए । यसरी सडक अहिले घरमाथिबाट कुदेको देख्न्छ । (तलको तस्विर हेर्नुहोस्)
उनले म्यापमा हेर्दा सगरमाथाको बीच भागबाट चीन र नेपालको सीमा छुट्टिएको पाइएको बताए । जसमा चुचुरो र सगरमाथाको केही भाग नेपालपट्टी र केही भाग चीनपट्टी पनि रहेको छ । यसरी लेयरमा समस्या देखिँदा बोर्डर करिब ५० फिट यताउता भएको हुँदा यस्तो गल्ती भएको उनी बताउँछन् । ‘टोपोग्राफीको गलत तथ्यांक देखिएकाले समस्या उत्पन्न भएको देखिन्छ,’ उनी भन्छन् ।
Regarding the Mt Everest Issue I got a news that, some young people have started demonstrating regarding Mt Everest... Posted by फिडब्याक दिनका लागि यहाँ क्लिक गर्न सकिन्छ । तस्वीर : सन्तोष यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण