शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रमुख दल मिल्नुको विकल्प छैन : अध्यक्ष दाहाल

शनिबार, १३ चैत २०७२, १३ : ५८
शनिबार, १३ चैत २०७२

दमौली– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।

यहाँस्थित सरकारी कार्यालयका प्रमुखसँग आज भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता छ, भने ।

प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।

निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराएका थिए ।

आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप