गोरखामा विद्यालय बनाउन जंगलबाट काठको टिम्मा बोक्दै ह्यारी
लापुबेँसी– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुटे ।
भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा राजकुमारसहित केही विदेशी युवा निरन्तर जुटेका हुन् ।
आफ्नो औपचारिक भ्रमण सम्पन्न भएपछि पनि राजकुमार ह्यारी आफ्नो भ्रमण लम्ब्याएर सहयोगीहरुका साथ विद्यालयको पुनःनिर्माणमा सघाउन बिहीबार यहाँ आएका हुन् । यहाँ रहँदा उनले डोकोमा ढुङ्गा बोके भने आज नजिकैको जङ्गलबाट काठको टिम्मा बोकेर ल्याएका थिए ।
ह्यारीसँग मिलेर भवन निर्माणमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले विदेशीले यसरी आफ्नो गाउँको विद्यालय भवन बनाउन सुरु गरेकोप्रति खुसी व्यक्त गरे ।
नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले पुनःनिर्माणमा जुटेर दुर्गमका विद्यार्थीको शिक्षामा सहयोग गर्नु उदाहरणीय काम भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । भूकम्पले ध्वस्त बनेको यस विद्यालयको ११ कोठे भवन बनाउन लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण