शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारी निकायको निर्देशन पालना गर्दैनन् मासु व्यवसायी

मङ्गलबार, १६ चैत २०७२, ११ : ५०
मङ्गलबार, १६ चैत २०७२

भक्तपुर – मासु किन्नुअघि एक पटक सोच्नुहोस् कति स्वस्थकर छ भनेर । कतै मासु व्यवसायीले सामान्य मापदण्ड समेत पुरा नगरी मासु बिक्रि त गरिरहेका छैनन् ?सरकारको बजार अनुगमन टोलीले पटक पटक दिएको निर्देशन भक्तपुरमा संञ्चालित धेरै मासु व्यवसायी पालना नगरेको पाइएपछि यस्तो सोच्नुपर्ने अवस्था आएको हो । मंगलबार बिहान पशुपंछी विकाश मन्त्रालय, पशु स्वास्थ्य सेवा विभाग, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय भक्तपुर लगायतका निकायले गरेको मासु पसलको अनुगमनका क्रममा २ पटक दिएको निर्देशनको पालना नभए पाइएको हो । भक्तपुरको कमलविनायक, जगाती र सुर्यविनायकमा रहेको विभिन्न मासु पसलको अनुगमनको क्रममा सरकारी निकायले २०७० फागुन १२ र गते २०७२ असार २८ गते व्यवसायीहरुलाई निर्देशन दिएको थियो । उक्त समयमा वथशाला र पसल छुट्टै छुट्टै स्थानमा हुनु पर्ने, पसल दर्ता गर्नु पर्ने, वथ गरेको मासु कम्तीमा पनि २ घण्टा फ्रिजमा राख्नु पर्ने, एप्रोन लगाउनु पर्ने लगायतका निर्देशन दिएको थियो । तर, सो कुनैपनि निर्देशन पालना नभएको पाइएको हो ।

अनुगमन टोलीले कमलविनायकमा रहेको सरज मिट सप, कमल विनायक मासु पसल र बिएस मिट सपलाई अघिल्लो पटक दिएको निर्देशन पालना नगरेको भन्दै १५ दिन भित्र तोकिएको मापदण्ड पुरा गर्ने निर्देशन दिएको छ । १५ दिन भित्र पनि निर्देशन पुरा नगर्ने व्यवसासीलाई स्थानीय प्रसासनको संयोजनमा कारवाही गरिने वरिष्ठ पशु चिकित्सक डाक्टर बोधनाथ अधिकारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार अस्वस्थ्यकर मासुले विभिन्न रोहरु निम्त्याउँछन् । स्वस्थ्यकर मासुका लागि उपभोक्ता आफैं पनि सर्तक हुनुपर्ने अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप