नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढी
मङ्गलबार, १६ चैत २०७२, १४ : ०१
वालिङ- इलाका प्रशासन कार्यालय वालिङमा नागरिकता बनाउनेभन्दा राहदानी लिन आउने सेवाग्राहीको सङ्ख्या बढिरहेको छ ।
वैदेशिक रोजगारी या अध्ययन वा भ्रमणका लागि विदेश जान चाहने सेवाग्राहीले दैनिकजसो ३०/३५ जनाले राहदानी बनाउन आउने गरेको कार्यालय प्रमुख दामोदर शर्माले बताए ।
चालु आवको साउनदेखि चैत १५ गतेसम्मको अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट कुल तीन हजार ३७१ जनाले सेवा लिए भने काठमाडौँबाट द्रुत सेवा लिनेहरु झन्डै एक हजार ३००को सङ्ख्यामा रहेको कार्यालय प्रमुख शर्माले बताए ।
राहदानी लिनेहरुमा महिलाभन्दा पुरुषको सङ्ख्या बढिरहेको छ । यस कार्यालयमा नागरिकता बनाउनका लागि दैनिक २५÷३० जना सेवाग्राही आउने गरेका छन् । इलाका प्रशासन कार्यालय वालिङले वालिङ र चापाकोट नगरपालिकासहित २७ गाविसमा सेवा प्रवाह गर्दै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण