जीवनभर जिब्रो छेड्ने जुजुभाइको घोषणा
भक्तपुर– सातौँ पटक जिब्रो छेडिसकेका बोडेका ३५ वर्षीय जुजुभाइ वासँ श्रेष्ठले संस्कृति जोगाई राख्न जीवनभर जिब्रो छेड्ने घोषणा गरेका छन् ।
थिमिमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो शरीर र स्वास्थ्यले साथ दिएसम्म, अरु व्यक्ति जिब्रो छेड्न तयार भएर नआएसम्म र बोडेका बासिन्दाको सहयोग रहेसम्म जात्रालाई निरन्तरता दिन आफूले जिब्रो छेड्ने बताए ।
हरेक वर्ष अब कसले जिब्रो छेड्ला भन्ने स्थानीयको आशङ्का तोड्दै उनले यसवर्ष आठौंपटक जिब्रो छेड्न लागेको बताए । जिब्रो छेड्ने जात्राको लागि आज च्वाङ्गा गणेशमा पूजा एवम् साइत गरी प्रसाद ग्रहण गरेर देवताको रुपमा प्रसादलाई घरमा राखी यसवर्षको जात्राको प्रक्रिया सुरु गरेको बताए ।
परापूर्वकालमा यो जात्रा सञ्चालनमा आएपछि बोडेमा महाभूकम्प नजान, यहाँका बासिन्दाले कुनै कुरामा दुःख नपाउने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, नहुने र धर्मको चेष्टा बढाउने जनविश्वसालाई गत वैशाख १२ गतेको भूकम्पले यहाँ कुनै क्षति नपु¥याएपछि प्रमाणित गरेको बताउँदै श्रेष्ठले अब हरेक वर्ष आफैँले जिब्रो छेड्ने घोषणा गरेको बताए ।
वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्नेकर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।
नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप ९भ्यय० बालेर जिब्रो छेड्ने व्यक्तिलाइृ बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ ।
टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पु¥याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिन्छन् र सियो गणेश मन्दिरमा ठोकिदिन्छन् । त्यसपछि जिब्रो छोड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र छुन हुने परम्परा छ । यो जात्रा विश्व प्रसिद्ध जात्रा पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण