धम्की दिनेप्रति कारबाहीको माग
काठमाडौँ - नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का सुनसरी अध्यक्ष जनकऋषि राईलाई आएको धम्कीप्रति नेपाल पत्रकार महासङघले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्णाङ्क साप्ताहिकमा प्रकाशित ‘भगवान्को पनि नागरिकता’ नामको समाचारको विषयलाई लिएर आएको धम्की अत्यन्तै निन्दनीय रहेको भन्दै महासङ्घले विज्ञप्तिमार्फत निन्दा एवम् भत्सर्ना गरेको छ ।
महासङ्घले मङ्गलबार यहाँ प्रेस विज्ञप्ति जारी गर्दै पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर ‘गड एन्जल’का अनुयायीले राईलाई धम्की दिएको भन्दै तिनीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसमक्ष जोड्दार माग गरेको छ ।
प्रकाशित विषयमा कुनै कुरा चित्त नबुझेमा कानुनी उपचार खोज्नुको बदला समाचार लेख्ने पत्रकारमाथि धम्की दिनु अत्यन्त निन्दनीय रहेकाले दोषी व्यक्तिलाई कानुनी प्रक्रिया अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण