झुन्डिएको अवस्थामा प्रहरी मृत भेटिए
बुधबार, १७ चैत २०७२, ०७ : ४१
मोरङ– विराटनगर–१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी मङ्गलबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरी गण मुकाम रानी दरबन्दी भएका माझी सिआरभीकै ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
मोरङको लखन्तरी घर भएका माझी बिहान १०ः३० बजे सबै प्रहरी खाना खाएर ड्युटीमा गएपछि प्रहरी जवान माझी चुकुल लगाएर ब्यारेकभित्र पसेका थिए । पछि खोजी गर्दा ब्यारेक भित्रको पङ्खाको सिलिङमा डोरी लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
उनको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण